पश्चिम नवलपरासीमा गत वर्षदेखि संचालनमा आएको अनलाइन खबर पत्रिका दैनिक २४ खबरले बुधबार परासीमा आफ्नो प्रथम वार्षिक उत्सव मनाएको छ । रामग्राम नगरपालिका वडा नं. ३ परासीबाट सञ्चालित रहेको अनलाइन खबर पत्रिकाले लोकप्रियता बटुल्दै दोस्रो वर्षमा प्रवेश गरेको हो ।
समाजमा भइरहेका सत्य, तथ्य र निष्पक्ष समाचारलाई आधार बनाई सूचनाको पहिलो स्रोतको रुपमा आफूलाई स्थापित गर्ने प्रयास गर्दे आइरहेको छ । रमा देवि मिडिया प्रा.लि. बाट संचालन भएको अनलाइन पत्रिका निरन्तर रुपमा समाजलाइ सुसुचित (सचेत) गर्दै अगाडि बढिरहेको छ ।
दैनिक २४ खबरका संचालक एवं सम्पादक मोहन पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि रामग्राम नगरपालिकाकी उपप्रमुख सम्झना चौधरीले रमा देवि मिडिया प्रा.लि. आमाको नामबाट संचालनमा रहेको दैनिक २४ खबर डिजिटल अनलाइन पत्रिका वास्तविक रुपमा संस्कार र संस्कृतिलाई लिएर समाजलाई चिर्दै एउटा छुटै पहिचान स्थापित गरेकोमा खुसि व्यक्त गर्नु भएको थियो । साथै निरन्तर रुपमा प्रगति गर्दै जाने भनि शुभकामना दिनुभएको थियो ।
यस्तै कार्यक्रमा उपभोक्ता हकहितका केन्द्रीय सदस्य रामजी ज्ञवाली, नागरिक समाजका अध्यक्ष रामजी सिंह सैथवाह, नेपाल लेखापढि व्यवसायि संघका केन्द्रीय सदस्य अर्जुन बहादुर क्षेत्री, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य केशव पराजुली, नेपाल पत्रकार महासंघ नवलपरासी शाखाका सचिव राजकुमार रेश्मी, सामुदायिक रेडियो परासीका प्रवन्ध निर्देशक मेघराज गौतम, नेपाल जेसीजका पूर्व उपाध्यक्ष सन्दिप अग्रहरी, रामग्राम जेसीजका अध्यक्ष वेनिमाधव वस्याल, रामनगर जेसीजका अध्यक्ष कुशुम चापागाई, पिस कल्बका अध्यक्ष शम्भु उपाध्यक्ष, समाजसेवी लक्ष्मी क्षेत्री लगाएतले शुभकामना व्यक्त गर्नु भएको थियो ।
दोस्रो वर्ष प्रवेशको अवसरमा दैनिक २४ खबर अनलाइन पत्रिकाले भोलि विहिबार किशोर किशोरीहरुका लागि शैक्षिक सामग्री वितरण गर्ने पत्रीकाका सम्पादक पौडेलले जानकारी दिनु भयो ।