नवलपरासीमा महिला बालबालिका विरुद्धहुने अपराध नियन्त्रण सम्बन्धी एक दिवसीय अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।
जिल्ला प्रशासन कार्यलयको आयोजनामा तथा आशिष सामाजिक सेवा नेपाल र आफन्त नेपालको सहआयोजनामा कार्यक्रम भएको हो । कार्यक्रमको विषयवस्तु माथि प्रकाश पार्दै प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले अझैपनि हिंसा जन्य अपराधहरु देशमा व्यापक रुपमा रहेको यसको नियन्तणका लागि विभिन्न संघसंस्थाहरु निरन्तर रुपमा कामगर्दे गएको बताउनु भयो । विशेषगरि महिला र बालबालिका विरुद्ध हिसां बढदै गएको यसको नियन्त्रणको लागि सबै निकाय लाग्नु पर्ने कुरामा जोडदिनु भएको थियो ।
यसैगरि सहायक प्रमुख जिल्ला अधिकारी प्रकाश देवकोटाले हिसां सम्बन्धी कार्य गर्ने थुप्रै संघसंस्था तथा निकाय रहेकाे तर जिल्ला प्रशासन कार्यालयमा डाटा नबुझाउदा समग्ररुपमा जिल्लाको डाटा आउन नसकेको बताउदै अबको दिनमा समग्ररुपमा डाटा निकालने प्रयास गर्ने कुरामा जोड दिनु भयाे ।
कार्यक्रमा आशिष सामाजिक सेवा नेपाल नवलपरासीले आ.व.२०७९।८० को असार २० सम्म प्रगति प्रस्तुत गरेको थियो जसमा १९३२ जना महिला तथा बालबालिकाहरुलाई परामर्श सेवा प्रदान गरिएको जनाएकाे छ । साथै ७० जनालाई उद्दार गरिएको शाखा प्रमुख ईलिसा सेन ठकुरीले जानकारी दिनु भयो । यस्तै आफन्त नेपालले पनि गत ६ महिनाको उपलब्धीहरु प्रस्तुत गरेको थियो जसमा परामर्श सेवा ६७७ जनालाई गरिएको थियो भने उद्दार ३८ जनालाई गरिएको शाखा प्रमुख पद्मा आचार्यले बताउनु भएको छ ।
साे कार्यक्रममा नेपाल पत्रकार महासंघ नवलपरासीका अध्यक्ष हरि शर्मा, कानून व्यवसायी सरस्वति शर्मा, सामुदायिक रेडियो परासीका प्रबन्धक निर्देशक मेघराज गौतम, रामग्राम, सुनवल, वर्दघाट नगरपालिका र प्रतापपुर गाउँपालिकाका महिला तथा बालबालिका शाखा प्रमुखहरु, जिल्ला महिला सेल, लगायतको सहभागिता रहेको थियो ।