आज तमु ल्होसार नेपली चेलिको तर्फबाट तमु अभिवादन
आज तमु ल्होसार तथा गुरुङ्ग समूदायको नयाँ वर्ष हो ।
१४ गते राति बाघ वर्गलाई विदाइ गर्दै विरालो बर्गको स्वागत अर्थात हि ल्हो मनाउदैँ । जनावर र मानविय चेतना बिचको पौराणिक सम्बन्धलाइ आधार मानेर सदियो देखि मान्दै आइरहेका ल्होछर पर्व गुरुङ्ग समुदायमा विशेष स्थाना रहेको छ।
तमु भन्नाले गुरुङ्ग समुदायलाई चिनाउँदछ भने ल्होसार भन्नाले नयाँ वर्ष भन्ने अर्थ लाग्दछ । आज गुरुङ्ग समूदायको नयाँ वर्ष हो । यो वर्ष बिरालोको वर्ष परेको छ । विभिन्न १२ वटा जनावर र चराचुरुङ्गीहरुको प्रतिक स्वरूप रहने यस तमु वर्षमा हि(ल्हो भौ बर्ग र बिरालो बर्ग रहनेछ । हरेक वर्षझैं यस वर्ष पनि ’हि ल्हो’ बिरालो वर्ग वर्षलाई सबैको शुभ होस भनी तमु गुरुङ परम्पराअनुसार गुरुङ पूरोहित (खेगी) हरू पच्यु, क्ल्हेप्री, वोन्पो लम र लामा पुरोहितहरुद्वारा १४ गते रातको १२ बजे दुःख, दोखलोको ग्रह–दशा शान्ति पूजा गरी पुस १५ गते नयाँ बिहानीको झुल्के घाममा नयाँ वर्गको स्वागत गरी ल्होसार मनाउने कार्य गरीने छ।
विश्वमै तमु समूदायले आफ्नो उच्च मनोबल, साहस, अट्टाहस, बहादूरी अनि बफादारिताले एउटा कर्मठ सैनिक र गोर्खालीका रुपमा नेपालीको शिर सदैव उच्च राखेका छन् । मुख्यतया ल्होसारको वास्तवीक मनाउने चलन र उमङ्ग १५ दिनसम्म रहने गर्दछ । आजबाट १५ दिन अर्थात् नयाँ वर्षको शुरुका १५ दिनहरु हर्षोल्लास अनि उत्साहकासाथ विताएमा सम्पूर्ण वर्षनै उत्साहपूर्ण र सुखद ब्यतित हुने मान्यता रहेको छ ।
तमु ल्होसारका दिन गुरुङ समुदायमा खाइने विशेष प्रकारको परिकार हो जस्मा एउटा मात्र खाना नभईकन बिभिन्न प्रकारका खानाहरु तर समुहमा पैसा उठाएर बनाउने चलन हुन्छ । यसभित्र मासु–भात, सेलरोटी, तरकारी र अन्य खाना पर्छन् । स्यो कैँ को अर्थ नेपाली संगै बसेर खानु भन्ने लाग्दछ । पुस १५ देखि दिन लामो हुने, चिसो घट्ने र नयाँ वर्षको सुरुवात हुने मान्यताअनुसार स्यौ कैँ खाने गरिएको हो ।
तमु ल्होसार नेपालमा मात्र नभई तिब्बत, भुटान, भारत, म्यानमार लगायत संयूक्त राज्य अमेरिका, अष्ट्रेलिया, बेलायत अनि थुप्रै देशहरुमा भएका तमु समुदायले भब्यताका साथ मनाउने गर्दछन् । यसरी आजबाट फेरिने वर्ष या नयाँ वर्षको सम्वतलाई तमु सम्वत भनिन्छ ।
आजबाट शुरु हुने नयाँ वर्षको हरेक पलहरु शुद्ध र धार्मीक हुने जनविश्वास छ । सबैको वर्षभरि कल्याण होस्।देश विदेशमा रहनुभएका सम्पूर्ण तमु दाजुभाई तथा दिदिवहिनीहरुलाई आज नेपाली चेलिले न्यानो सम्झना सहितको शुभकामना व्यक्त गर्दछ ।सबैको कल्याण होस् तमु ल्होसारको शुभकामना