पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नं. १३ मा आज विहिबार बषौँ देखि लालपुर्जाबाट बन्चित १० जना भूमिहिन दलित तथा भूमीहिन सुकुम्बासीले जग्गाधनी दर्ता प्रमाण पूर्जा पाएका छन् ।
धेरै समयदेखि जोतभोग गर्दै आएको जग्गाको आधिकारीक लालपुर्जा पाउँदा लालपूर्जा बिहिन जग्गा धनि खुसिले गदगद भएका छन् । काम परेको बेलामा बैंङ्कमा धितो राख्न पनि नमिलेको र अप्ठ्यारोमा समेत काम नलागेको भन्दै पुर्जा पाएपछि सबै काम गर्न सजिलो भएको बतनईएकाे छ।
भूमी ब्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठ (चौधरी)ले लालपुर्जा वितरण गर्नु भयो सो अवसरमा बोल्दै मन्त्री चौधरीले देशमा प्रशस्त मात्रमा सरकारी, सार्वजनिक र ऐलानी जग्गाहरु रहेका ति जग्गाहरुको उचित व्यस्थापना गर्न नसक्दा राज्यको प्राकृतिक सम्पतिको दुरुपयोग हुँदै गईरहेको बताउनु भयो । उहाँले नागरिको गास, बास र कपास जस्ता न्यूनतम आधारभूत आवश्यक्ता प्राप्त गर्ने नैसर्गिक अधिकार रहेको यस अधिकारबाट कोहि पनि नागरिक बन्चित हुनु हुँदैन । हजारौ नागरिक भूमिहिन सुकुम्बासी र अव्यवस्थित रुपमा रहेको वसोबासीहरुको व्यवस्थापन गर्नकोलागि सरकार निरन्तर रुपमा क्रियाशिल र सम्बेदनशिल रहेको बताउनु भयो ।
लालपुर्जा प्राप्त गर्नेहरुमा बर्दघाट नगरपालिका वडा नम्बर १३ निवासी,राम बदन पासीलाई ८ धुर, मटेलु लोनियालाई २ कठ्ठा १६ धुर, गुदरी चमारलाई ४ कठ्ठा १० धुर, मोहमद सलिम देवानलाई १ कठ्ठा १० धुर, सुकई चमारलाई १२ कठ्ठा र जुठे कहारलाई ७ कठ्ठा १३ दुर्सइ मुसहरलाई ३ कठ्ठा ३ धुर, राजकुमार मुसहरलाई ६ धुर, विमला वति मुसहरलाई १८ धुर, शान्ती देवी मुसहरलाई १० कठ्ठा २ धुर जग्गाको जग्गाधनी दर्ता प्रमाण पुर्जा वितरण गरिएको हो ।
बर्दघाट नगरपालिकाको नगरप्रमुख शम्भुलाल क्षेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नवलपरासी क्षेत्र नम्बर १ का सांसद बिनोद चौधरी, पूर्व गृहराज्य मन्त्री देबेन्द्र राज कण्डेल, प्रदेश सभा सदस्य बिश्वप्रेम पाठक, प्रदेश सभा सदस्य देवकरण कलवार, जिल्ला समन्वय समितिका प्रमुख भगौति यादव,जिल्ला भूमी आयोगका अध्यक्ष देवराज भण्डारी , नगर उपप्रमुख रुद्रप्रकाश उपाध्याय लगायतले बोल्नु भएको थियो।