नवलपरासीको सरावल गाउँपालिमा चालु आ.ब. २०७९।०८० को ११ महिना अर्थात जेष्ठ मसान्तसम्म संघीय सरकारको समानिकरण अनुदान, शसर्त अनुदान र विशेष अनुदान गरी जम्मा रकम ३७ करोड १३ लाख ९६ हजार आम्दानीको अनुमान गरिएकोमा ३३ करोड ८५ लाख २८ हजार अर्थात ९१.१५ प्रतिशत आम्दानी भएको पालिकाले जनाएको छ ।
यस्तै विभिन्न शीर्षकमा चालु आ.ब.मा लुम्बिनी प्रदेश सरकारको समानिकरण अनुदान, शसर्त अनुदान र विशेष अनुदान गरी जम्मा ३ करोड ८१ लाख ७१ हजार अनुमान गरिएकोमा २ करोड ८२ लाख ७१ हजार अर्थात ८४.०६ प्रतिशत आम्दानी भएको छ ।
यसै गरि पालिकाको आन्तरिक राजश्व वाँडफाँडबाट जम्मा ११ करोड ७४ लाख ४३ हजार अनुमान गरिएकोमा ६ करोड १७ लाख २६ हजार ४६५ अर्थात ५२. ५६ प्रतिशत आम्दानी भएको छ । यस्तै पालिकाको आन्तरिक श्रोतबाट १३ करोड ९० लाख ६१ हजार ६६६ अनुमान गरिएकोमा १३ करोड ७२ लाख ७७ हजार ९८३ अर्थात ९८.७२ प्रतिशत आय भएको गाउँपालिकाका लेखा अधिकृत नारायण पाण्डेले बताउनु भयो ।
यस्तै खचै तर्फ चालु आ.ब.को जेष्ठ मसान्तसम्म चालु शीर्षक तर्फ जम्मा ३९ करोड ६७ लाख ५३ हजार १९९ अनुमान गरिएकोमा २५ करोड ६४ लाख ५७ हजार ६५८ अर्थात ६४.६४ प्रतिशत खर्च भएको छ । पूँजीगत खर्च तर्फ जम्मा २६ करोड ९३ लाख १८ हजार ४६७ अनुमान गरिएकोमा ११ करोड ३० लाख ३८ हजार १०० अर्थात ४१.९७ प्रतिशत खर्च भएको गाउँपालिकाले जनाएको छ ।
यस्तै चालु आ.ब. २०७९।०८० मा गाउँपालिमा कुल योजना ७२५ रहेका छन् । जसमा पालिका स्तरीय ३२९ र वडा स्तरीय योजनाहरु २३६ वटा रहेका छन् । यस्तै संघीय सरकार शसर्त तर्फ १५० वटा र लुम्बिनी प्रदेश स्तरीय १० वटा रहेको गाउँपालिका योजना तथा अनुगमन अधिकृत इश्वरी प्रसाद खनालले जानकारी दिनु भयो ।
सरावल गाउँपालिकाको चालु आ.ब. २०७९।०८० को जेष्ठ मसान्तसम्मको विभिन्न योजनामा पालिकाको खर्च आन्तरिक तर्फ चालु अन्तर्गत ६७.८८ प्रतिशत र पूँजिगत तर्फ ६६.५१ प्रतिशत खर्च भएको छ भने संघीय तर्फ चालु अन्तर्गत ७८.६४ प्रतिशत र पूँजिगत तर्फ ४४.८९ प्रतिशत खर्च भएको छ । यस्तै लुम्बिनी प्रदेश सरकार तर्फको चालु अन्तर्गत ६७.८८ प्रतिशत र पूँजिगत तर्फ ६६.५१ प्रतिशत खर्च भएको सरावल गाउँपालिकाका लेखा अधिकृत नारायण पाण्डेले नेपाली चेलीलाई जानकारी दिनु भयो ।