पश्चिम नवलपरासीको जिल्ला प्रहरी कार्यालय परासीमाआर्थिक वर्ष २०७९।०८० मा ११ महिनाको असार ११ गते सम्म लागू औषध विरुद्ध १९ वटा मुद्धा दर्ता गरिएको छ । लागू औषधमा २७ जना मानिस यस वर्ष प्रकाउ परेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी डिएसपि भोजराज पाण्डेयले जानकारी दिनु भयो ।
उहाँका अनुसार आर्थिक वर्ष २०७९।०८० मा विभिन्न लागूऔषध बरामद गरिएको छ । जसमध्ये ब्राउन सुगर ३२ ग्राम र ६ सय मिलि ग्राम, यस्तै स्पास्मो ८०६ क्यापसुल, नाइट्राभेट ७८६ ट्रमावलेट, एस.पिइ.एस.९ सय ६३ क्यापसुल, कोरेक्स ९वटा बोतल, सिरिन्ज ७ ओटा ५ डाइजेपाम ५ सय ६३ एन्पुल, फेनारगन ५६७ एन्परल, नुफ्रिन ५५१ एन्पुल, न्युफ्रिन नुफ्रिन २० एक्पुल लगाएत बरामद गरिएको हो ।
यस्तै गत आर्थिक वर्षको २०७८।०७९ मा ३६ मुद्धा जिल्ला प्रहरी कार्यालयमा दर्ता रहेको थियो भने जम्मा ६२ जना मानिस लागू औषधमा पक्राउ परेका थिए । जसमध्ये स्वदेशी पुरुष ५१ जना, स्वदेशी महिला १ जना र विदेशि पुरुष ९ जना रहेका थिए ।
गत वर्ष भन्दा यस वर्ष जिल्ला प्रहरी कार्यलयमा लागू औषधको मुद्धा थौरै रहेको साथै यसकार्यमा संलग्न रहेका मानिस पनि कम रहेको सूचना अधिकारी पाण्डेले जानकारी दिनु भयो ।
गत आर्थिक वर्षमा ९० वटा लागू औषध सचेतना कार्यक्रम गरिएको थियो भने यस वर्ष १२२ वटा लागू औषध सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।