रामग्राममा सरोकारवालाहरुलाई उपभोक्ता अधिकार सम्बन्धी सचेतना गराइएको छ । विहिबार रामग्राम नगरपालिकासंगको सहकार्यमा उपभोक्ता हित संरक्षण मञ्च नेपाल नवलपरासीको आयोजनामा कार्यक्रम भएको हो । नगरपालिका भित्र रहेका १८ वटा वडाका सम्बन्धित सरोकारवालाहरुसंग उपभोक्ता अधिकार सम्बन्धी अन्तरक्रिया गरिएको हो ।
उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य रामजी ज्ञवाली, घरेलु तथा साना उद्योग कार्यालयका उद्योग अधिकृत गंगाधर पाण्डे र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाका प्रवेश पोखरेलले उपभोक्ता अधिकार सम्बन्धी सहजिकरण गर्न भएको थियो ।
उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष सरस्वती शर्माको अध्यक्षता तथा रामग्राम नगरपालिका नगरप्रमुख धनपत यादवको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा नगरउपप्रमुख सम्झना चौधरी, जिल्ला प्रहरी कार्यलयका हरि भटराई, राधेश्याम अग्रहरी, विरेन्द्र ठाकुर ,संस्थाका जिल्ला उपाध्यक्ष भोजराज पराजुली लगायतले बोल्नुभएको थियो ।
साथै कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्च रामग्राम नगर समितिको आज नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेश्नबाट अध्यक्ष पदमा नरेन्द्र भट्टराई, उपाध्यक्षमा सन्दिप अग्रहरी, सचिवमा गौरीशंकर जयसवाल, कोषाध्यक्षमा जोगमाया चौधरी, सदस्यहरुमा गोपाल चौधरी, विष्णुराज राव, बिमला आचार्य, विरेन्द्र ठाकुर, ठगिश्वर पोखरेल, सहलाद बानिया, अस्मिता काफ्ले लगाएत १२ सदस्यीय सर्वसम्मत निर्वाचित हुनुभएकाे जिल्ला सचिव मोहन पौडेलले जानकारी दिनुभयो ।