नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल महिला संघमा ५२ जना नयाँ सदस्य थप गरिएको छ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उषा रावत मिश्रको अध्यक्षतामा गठित नेपाल महिला संघ केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यमा मंगलबार ५२ जना सदस्यहरु मनोनित गर्नु भएको हो ।
थपिने सदस्यहरुमा अमिता प्रधान, अमृता थापा मगर, उमा शिवाकोटी, उर्मिला प्रधान, एलिजा अधिकारी, कमला तिवारी, कल्पना नेपाली, किरण सरकार, गीताकुमारी गुरुङ रहेका कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनु भयो ।
यस्तै गीता श्रेष्ठ, चन्द्रादेवी जोशी, चिनु पोखरेल, छाया सुनार, छिरिङ फुटिक शेर्पा, ज्वाला पाण्डे, तारा थपलिया, दिपशिखा शर्मा ढकाल, निनु कर्ण, नवोदिता चौधरी, पवित्रा पौडेल ढकाल रहनु भएको छ ।
यसैगरी पार्वती आचार्य, पार्वती चन्द, पुष्पा थारु, प्रमिला महतो, भगवती केसी, भागिरथा अधिकारी, भावना शाही, भारती जोशी, मथुरा विष्ट र मञ्जु नेपाल पनि मनोनित हुनु भएको हो ।
सभापति देउवाले माया केसी, मीना सिंह प्रजापति, मिरा चन्द, मुन्नी गुप्ता, रमा अर्याल, राधा कार्की, राधा कुँवर, रञ्जिता गिरी, रिता शाही, रीसा श्रेष्ठ, लक्ष्मी बाराकोटी प्रसाईं, लिलाकुमारी नेपाललाई समेत सदस्यमा मनोनित गर्नु भएको छ ।
वसन्ती भण्डारी, विमला गैरे, सनिसा भेटवाल, सरस्वती बस्नेत, सरिता आङ्दम्बे, सीता घिमिरे, सीता भुषाल, सुष्मा तिवारी, सुस्मिता थापा, संगीता तामाङलाई मनोनित गरेको मुख्यसचिव पौडेलले जानकारी दिनु भयो ।