साकारले सोमबार सार्वजनिक गरेको आगामि आर्थिक वर्ष २०८०।०८१ को सरकारी वित्तिय हस्तान्तरण अन्तरगत पश्चिम नवलपरासीमा ३ अर्ब ३ करोड ४२ लाख रकम प्रदान गरिएको छ । जसअनुरुप पश्चिम नवलपरासीमा ७ वटा स्थानिय तहहरुमा रकम विनियोजन गरिएको हो ।
जसअन्र्तगत रामग्राम नगरपालिकाले सबैभन्दा बढि ६७ करोड ५९ लाख बजेट अनुदान प्राप्त गर्न सफल भएको हो । रामग्रामले शर्सत अनुदान तर्फ ४९ करोड ७४ लाख रकम पाएको छ ।
जसमा २६ करोड ६१ लाख चालु र २३ करोड १३ लाख विकास बजेट रहेको छ । रामग्रामले न्युनतम अनुदान ४ करोड, सुत्रमा आधारीत अनुदान ११ करोड ४५ लाख र कार्यसम्पादनमा आधारीत अनुदान ५५ लाख गरी समान्यीकरण तर्फ कुल १६ करोड पाएको छ । यसैगरी विशेष अनुदान १ करोड १५ लाख र पुजिँगत प्रकृतिको समपुरक अनुदान ७० लाख प्राप्त गरेको छ । दोस्रो बढि बजेट प्राप्त गरेको बर्दघाटले १४ करोड ७८ लाख बजेट बढि प्राप्त गर्न सफल भएको छ । बर्दघाटले कुल ५२ करोड ८१ लाख रकम प्राप्त गरेको छ । शर्सत अनुदान तर्फ बर्दघाटले ३३ करोड २० लाख बजेट पाएको छ । जसमा ३० करोड चालु र ३ करोड ३० लाख पुजिँगत तर्फको बजेट रहेको छ । बर्दघाटले न्युनतम अनुदान सबैभन्दा बढि ४ करोड २५ लाख प्राप्त गरेको छ ।
यस्तै सुत्रमा आधारीत ११ करोड ८२ लाख र कार्यसम्पादनमा आधारीत ५९ लाख गरी समान्यीकरण तर्फ कुल १६ करोड ६६ लाख बजेट प्राप्त गरेको छ । यसैगरी विशेष अनुदान २ करोड १५ लाख र समपुरकमा पुजिँगत प्रकृतिको ८० लाख बजेट अर्थमन्त्रालयले विनियोजन गरेको छ ।
यसैगरी सुनवल नगरपालिकाले कुल ४४ करोड १८ लाख बजेट प्राप्त गरेकोमा शर्सत तर्फ, चालु २५ करोड ५४ लाख र पुजिँगत १ करोड ६१ लाख गरी २७ करोड १५ लाख बजेट प्राप्त गरेको छ । सुनवलले समान्यीकरण तर्फ न्युनतम अनुदान ४ करोड, सुत्रमा आधारीत अनुदान ११ करोड २५ लाख र कार्यसम्पादनमा ४८ लाख बजेट प्राप्त गरेको छ । यसैगरी विशेष अनुदान तर्फ सुनवलले जम्मा ८० लाख मात्रै पाएको छ । यसैगरी समपुरक अनुदान ५० लाख प्राप्त गरेको छ ।
गाँउपालिका तर्फ सबैभन्दा बढि बजेट प्रतापपुरले पाएको छ भने सबैभन्दा कम बजेट सुस्ताले पाएको छ । प्रतापपुरले कुल ४२ करोड ७५ लाख बजेट प्राप्त गरेकोमा सामान्यीकरण तर्फ १३ करेड ४४ लाख प्राप्त गरेको छ भने सर्सत अनुदान तर्फ २७ करोड ८१ लाख पाएको छ, जसमा २ करोड ४७ लाख विकास बजेट हो । यसैगरी पाल्हीनन्दन गाँउपालिकाले ३३ करोड ६२ लाख बजेट प्राप्त गरेको छ । विनियोजित बजेट मध्ये समान्यीकरण तर्फ ११ करोड ६१ लाख र शर्सत अनुदान २० करोड ३६ लाख रहेको छ । पाल्हीनन्दनले पाल्हीनन्दनले विशेष अनुदान १ करोड १५ लाख र समपुरक अनुदान ५० लाख प्राप्त गरेको छ ।
यसैगरी सरावल गाँउपालिकाको लागी ३३ करोड ६ लाख कुल बजेट विनियोजन भएकोमा शर्सत तर्फ १९ करोड ५९ लाख बजेट प्राप्त गरेको छ । जसमा पुजिगत बजेट जम्मा ३५ लाख मात्रै छ । यसैगरी समान्यीकरण तर्फ ११ करोड ९७ लाख, विशेष अनुदान १ करोड र समपुरक अनुदान ५० लाख सरावलको लागी विनियोजन भएको छ । सबैभन्दा कम बजेट पाएको सुस्ता गाँउपालिकाले कुल २९ करोड १४ लाख बजेट प्राप्त गरेकोमा समान्यीकरण तर्फ ११ करोड ५९ लाख र शर्सत अनुदान तर्फ १५ करोड ३७ लाख प्राप्त गरेको छ । यसैगरी सुस्ताले विशेष अनुदान चार गाँउपालिका मध्ये सबैभन्दा बढि १ करोड २० लाख पाएको छ भने सातै पालिका मध्ये समपुरक अनुदान सबैभन्दा बढि १ करोड २५ लाख प्राप्त गर्न सफल भएको छ । अहिले स्थानिय तहहरु बजेट निर्माणको क्रममा छन् । अब प्रदेश सरकारबाट प्राप्त हुने बजेट र आन्तरिक स्रोतका आधारमा पालिकाहरुले बजेट निर्माण गर्ने गर्दछन् ।