नागरिक उन्मुक्ति पार्टीको जिल्ला अधिवेशनमा पुनः ओमप्रकाश चौधरीलाइ चयन गरीएको छ । नागरिक उन्मुक्ति पार्टी पश्चिम नवलपरासीको प्रथम जिल्ला अधिवेशन शनिबार सम्पन्न् भएको छ । अधिवेशनबाट दोस्रो पटक चौधरी चयन हुनभएको छ । उहाँको अध्यक्षताम २३ सदस्यीय चयन भएका छन् ।
यस्तै क्रमश उपाध्यक्षमा भोज नरायन चौधरी, कोषाध्यक्षमा नरबिरेन्द्र चौधरी, सचिवमा देवराज राय, सहसचिवमा बसन्त बहादुर चौधरी चयन हुन भएको छ । साथै सदस्यहरुमा भेख राज कहार, ओम नाथ चौधरी, भवनाी शंकर चौधरी, चन्द्रिका देवी चौधरी गंगा राम थारु लगाएत गरि २३ सदस्यीय सर्बसम्मत चयन भएका छन् ।
सारावल गाउँपालिका वडा नं. १ मा रहेको थारु मिलन भवनमा सम्पन्न् भएको अधिवेशनमा पार्टिको राष्ट्रिय वरिष्ठ उपाध्यक्ष दामोदर पण्डिटको प्रमुख आतिथ्यता रहेको थियो । यस्तै कार्यक्रमा पुर्व सांसद हिमाञ्चल भट्टाई, प्रतिनिधि सभासदस्य लालविर चौधरी, लुम्बिनी प्रदेश अध्यक्ष शान्ता चौधरी, रुपन्देहि जिल्ला अध्यक्ष तुल्सी थारु केन्द्रिय सदस्य, राममिलन चौधरी, केन्द्रिय सदस्य डां मञ्जिली यादव लगाएतले बोल्नु भएको थियो ।
कार्यक्रममा भवानि संकर चौरीको स्वागत मन्तव्य रहेको थियो भने कार्यक्रम संचालन देवराज रायले गर्नु भएको अध्यक्ष चोधरीले नेपाली चेलीलाई जानकारी दिनु भयो ।