नेपाल प्रेस युनियन नवलपरासीको अध्यक्ष्यमा उमेशकुमार विक चयन हुनु भएको छ । शनिवार सरवल गाउँपालिकामा सम्पन्न ११ औं जिल्ला अधिवेशनले वि.क. को नेतृत्वमा १७ सदस्यिय नयाँ कार्य समिति चयन गरेको हो ।
जसको उपाध्यक्ष खुल्ला तर्फ सञ्चिव कोइराला र समावेशी उपाध्यक्षमा सद्दाम हुसेन अन्सारी, सचिवमा अनिल यादव, महिला सहसचिवमा शुशिला पाण्डे, कोषाध्यक्षमा श्याम बुचा मगर र सह कोषाध्यक्षमा नन्दु यादव सर्व सहमत चयन हुनु भएको छ । अधिवेशनले सदस्यहरुमा पुजा लम्साल, राज चौधरी, श्याम बन्दन हरिजन, सिकेन्द्र साहनी, सहमान् मिया, ज्ञानेश्वर साहनी, रञ्जित कोहार, सञ्जय कुशवाह, हृदेश गुप्ता लाई सर्वसम्मत चयन गरेको छ ।
नेपाल प्रेस युनियनका जिल्ला अध्यक्ष पुरुषोत्तम सुवेदीको अध्यक्षता र लुम्बिनी प्रदेश सभा सदस्य देवकरण कलवारको प्रमुख आतिथ्यता ११ औं अधिवेशन सम्पन्न भएको हो । सो अवसरमा साँसद कलवारले इमान्दारी र निष्ठापूर्वक पत्रकारिता गर्न आग्रह गर्नु भयो।
कार्यक्रममा प्रेस युनियन प्रदेश सदस्य रवीन्द्र चापागाईं, पूर्व अध्यक्ष अनिल यादव,आर पि उपाध्याय, प्रदेश महासचिव नवीन गिरि, पत्रकार महासंघका जिल्ला अध्यक्ष हरि शर्मा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।