डोल्मा चौधरी
आर्थिक वर्ष २०८९।८० मा पश्चिम नवलपरासी जिल्लाबाट अख्तियार दुरुपयोग विरुद्ध ७२ वटा उजुरी परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले जनाएको छ । जसमा ३८ वटा उजुरीको सुनुवाई भएका छन् भने अझै ३४ वटा उजुरी उपर सुनुवाई हुन वाँकी रहेको छ । नवलपरासीका सातै वटा पालिका मध्ये सुस्ता गाउँपालिकाबाट सबैभन्दा कम र सबैभन्दा वढी उजुरी पाल्हीनन्दन गाउँपालिकाबाट परेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
शुक्रवार पश्चिम नवलपरासीमा विकास र समृद्धको लागि सुशासन भन्ने नाराका साथ स्थानीय तहबाट प्रदान गरिने सेवा प्रवाह, पारदर्शिता र जवाफदेहिता विषयक कार्यक्रममा सो प्रतिवेदन सार्वजनिक गरिएको हो ।
यस्तै रामग्राम नगरपालिकामा आर्थिक वर्ष २०८९।८० मा अखतियार दुरुपयोग अनुसन्धानमा ११ वटा उजुरी परेको र ८ वटाको सुनवाइ भइसकेको ३ वटा उजुरी उपर सुनुवाई हुन वाँकी रहेको वताइएको छ । भट्टाचार विरुद्ध नागरिक निगरानि संस्थाका अध्यक्ष रामजी ज्ञवालीको अध्यक्षमा तथा रामग्राम नगरपालिकाका नगर प्रमुख धनपत यादवको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न् भएको हो ।
सो अवसरमा रामग्राम नगरपालिकाकी नगर उपप्रमुख सम्झना चौधरी, जिल्ला प्रशासन कार्यालयका सहायक प्रमख जिल्ला अधिकारी प्रकाश देवकोटा, उपभोक्ता हित संरक्षण मञ्चका जिल्ला अध्यक्ष एवं अधिवक्ता सरस्वति शर्मा लगायतले बोल्दै राजनीतिलाई सामाजिक सेवाको भावनाको रुपमा नलिएर पेशाको रुपमा लिएको हुँदा भ्रष्ट्राचार दिनानुदिन बढि रहेको बताउनु भयो ।
कार्यक्रममा भट्टाचार विरुद्ध नागरिक निगरानि संस्थाका सल्लाहकार सुमनगोपाल आचार्य, नेपाल पत्रकार सहासघका जिल्ला अध्यक्ष हरि शर्मा, रामग्राम नगरपालिका भित्रका १८ वटा वडाका वडा अध्यक्ष एवं सदस्यहरु तथा विभिन्न संघ सस्थाका व्यक्तिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमको सहजिकरण रामग्राम नगरपालिकाका प्रमुख प्रशासकीयअधिकृत मानबहादुर खड्काले गर्नु भएको थियो भने सस्थाको उपाध्यक्ष एवं अधिवक्ता बाबु राम पाण्डेले संस्थाको कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।