क्षितिज थेबेको नेतृत्वमा सर्वसम्मत नेतृत्व चयन गर्दै राष्ट्रिय युवा संघको ९ औं महाधिवेशन सकियो नेकपा एमालेको जनवर्गीय संगठन राष्ट्रिय युवा संघको अध्यक्षमा क्षितिज थेबे चयन हुनुभएको छ।
बाँकेको नेपालगञ्जमा चैत २७ गते देखि जारी संघको ९औं महाधिवेशनबाट थेबे अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको हो । त्यस्तै संघमा ७ जना उपाध्यक्ष रहने व्यवस्था अनुसार संघको उपाधयक्षमा अमित लामा, पुष्पराज श्रेष्ठ, कृष्णहरी केसी, महाराज गुरुङ, सीता सुवेदी, रमेश तिवारी, प्रकास गौतम सर्वसम्मत चयन हुनुभएको छ ।
त्यस्तै महासचिवमा सुमन पुरी, उपमहासचिवमा महेन्द्र गुरुङ र राजन थापा चयन हुनु भएको छ । सचिव र उपमहासचिव सरहका पदहरुलाई व्यवस्थापन गर्ने गरी सचिवमा विनय साह, खेम शर्मा, जय गुरुङ, मोविम आलम, अनिता कन्दङ्वा, देवानन्द मेहता, विष्णु चन्द, पर्वत भण्डारी, कुवेर अधिकारी चयन हुनु भएको छ ।
यस्तै आर्थिक विभाग प्रमुखमा राकेश राई सर्वसम्मत चयन हुनु भएको छ । त्यस्तै लेखा आयोगको प्रमुख सन्तोष चौलागाई, उपप्रमुखमा दिपेश खड्का, अनुशासन आयोगको प्रमुखमा राकेश लामा, उपप्रमुख दिपेश खड्का र निर्वाचन आयोगको प्रमुखमा बलराम वेलवासे र उपप्रमुखमा बाबु छत्कुली चयन हुनुभएको छ ।
