बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता सस्थाको २२ औँ बार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।
सस्थाका अध्यक्ष धातानन्द बस्यालको अध्यक्षता र बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्दै नगर प्रमुख श्रेष्ठले बर्दघाट नगरपालिकाले नगरबासीलाई एक घर एक धारा पुर्याउने अभियानका साथ काम गरिरहेको बताउनुभयो । उहाँले करिब ८५ प्रतिशतभन्दा बढी घरधुरीमा शुद्ध खानेपानी पुर्याइएको दावी गर्नु भएको छ ।
साधारण सभामा अध्यक्ष बस्यालले सस्थाको प्रगति एवं आगामी बर्षको कार्ययोजना प्रतिबेदन, कोषाध्यक्ष थुमा बस्यालले सस्थाको कुल ९ करोड ४८ लाख बराबरको आय ब्यय विवरण प्रस्तुत गर्नुभएको थियो । यस्तै लेखा संयोजक गोपाल पाण्डेले साधारण सभामा लेखा प्रतिबेदन प्रस्तुत भयो । कार्यक्रममा उपाध्यक्ष एवं खानेपानी सुरक्षा योजना टोलीका संयोजक दिपक लम्सालले खानेपानी सुरक्षा योजना प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।
साधारण सभाको उद्घाटन कार्यक्रममा बर्दघाट नगर उपप्रमुख रुद्रप्रकाश उपाध्याय, बर्दघाट नगरपालिकाका पुर्व नगर प्रमुख धिरज शर्मा बस्याल, बर्दघाट वडा नम्बर ४ का वडाध्यक्ष बेदविना तिवारी, गणेश बहादुर क्षेत्री, सल्लाहकार रविन्द्र विक्रम हमाल, निर्वतमान अध्यक्ष कमानसिँह थापा, पुर्व अध्यक्ष सिद्धिविलाश हमाल सचिव धनवहादुर गुरुङ्ग, सदस्य रेनुका खत्री गिरी लगाएतले मन्तब्य व्यक्त गर्नु भएको थियो ।
साधारण सभापछि सम्पन्न हुने नवौं अधिबेशनले आगामी कार्यकालकालागि नयाँ नेतृत्व चयन गर्ने बताइएको छ ।आगामी बैशाख १० गतेभित्र निर्वाचन सम्बन्धी सवै काम सक्ने गरी कार्य प्रारम्भ भएको वर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता समितिका व्यवस्थापक विष्णुप्रसाद भुषालले नेपाली चेलीलाई जानकारी दिनु भयो ।