सहकारीको दिगोपन, स्वनियमन र सुशासन
६६ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा साेमबार जिल्ला सहकारी संघले दिवस विशेष कार्यक्रम सुनवलमा सम्पन्न गरेको छ । विभिन्न प्रारम्भिक सहकारीहरुको छाता संस्थाको रुपमा रहेको संघले आफैले स्थापना गर्न लागेको सहकारी चिस्यान केन्द्रमा एक कार्यक्रमको आयोजना गरी दिवस मनाएको हो ।
जिल्ला सहकारी संघ लि.का अध्यक्ष विष्णुप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लाका विभिन्न विषयगत सहकारी संघका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष पौडेलले संघको अगुवाईमा बन्न लागेको सहकारी सित भण्डार अब निर्माणको अन्तिम चरणमा रहेको बताउनु भयो । अध्यक्ष पौडेलले सहकारीमा स्वनियमन र सुशासन भएमा सहकारी दिगोरुपमा संचालन हुने बताउनु भयो । साे अवसरमा बाेल्ने अन्य वक्ताहरुले सहकारीको दिगोपन, स्वनियमन र सुशासनमा जोड दिएका थिए ।
कार्यक्रममा जिल्ला सहकारी संघका उपाध्यक्ष बृहस्पती अधिकारी, जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष राजन आचार्य, जिल्ला दुग्घ उत्पादक सहकारी संघका अध्यक्ष पूर्णप्रसाद तिमिल्सीना, राष्ट्रिय सहकारी बैंकका प्रवन्धक सविना पोख्रेल, लुम्बिनी सुनवल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष लेखनाथ खरेल, सामुदायिक रेडियो परासी ९०.२ मेगाहर्जका प्रवन्ध निर्देशक मेघराज गौतम, प्रगतिशिल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तुलसा कवँर, नवप्रतिभा बचत तथा ऋण सहकारी संस्था लि. अध्यक्ष मोहनसिंह वाकवल, लक्ष्मीनारायण बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष देवराज श्रेष्ठ लगायतले ६६ औं राष्ट्रिय सहकारी दिवसको चर्चा गर्नु भएको संघका सचिव चण्डिप्रसाद पाण्डेले नेपाली चेली लाई जानकारी भयो ।
सो अवसरमा सामुदायिक रेडियो परासी ९०.२ मेगाहर्जले बार्षिक रुपमा प्रकाशन गर्ने गरेको हातेमालो सहकारी खवरकाे ८ औं अक विमोचन गरिएको रेडियोका निर्देशक गौतमले जानकारी दिनु भयो । उहाँका अनुसार सहकारी शिक्षा प्रवर्दन गर्न रेडियोले प्रत्येक बर्ष सहकारी बुलेटिन प्रकाशन गर्ने गरेको छ ।