मानिस सामाजिक प्रणाली हो, समाज मै जन्मिन्छ, हिंड्छ, डुल्छ, समाज कै वातावरणमा घुलमिल हुन्छ । समाजसँग सम्बन्ध सकारात्मक हुँदा व्यक्तिको मन खुसी हुन्छ र दैनिक काम सहज ढंगबाट गर्छ । कहिले काहीं त्यही समाजले नराम्रो कुराहरु गरिदिएको खण्डमा उसलाई नरमाईलो लाग्ने हुन्छ र जति बेला उसलाई नरमाइलो हुन्छ त्यसपछि उ खुलेर आउन सक्दैन् र दैनिक जीवनमा विभिन्न खालका तनाव सिर्जना हुन्छ र मनोसामाजिक समस्याका लक्षणहरु देखा पर्न सक्छन् ।
मनोसामाजिक समस्या मन र समाज बीच तालमेल मिलाउन सकिएन भने पनि मनोसामाजिक समस्या उत्पन्न हुन सक्छ । मनोसामाजिक समस्या उत्पन्न हुने मुख्य कारणहरु जस्तैः भेदभाव गर्नुृ, लाक्ष्छना अथवा आरोप लगाउनु अन्य कारण पनि छन् मानव बेचविखन तथा ओसापसार, सामाजिक कुप्रथा, लागू पर्दाथको प्रयोग, समाजले हेर्ने दृष्टिकोण, बेरोजगार, भावनाको कदर नहुनु, विभिन्न किसिमका द्वन्द्व, दीर्घकालिन रोग, दैविक प्रकोप, वालविवाह, अनमेल विवाह र असफलता जस्ता कारणहरु हुन् ।
मनोसामाजिक समस्या जो कोही व्यक्तिलाई पनि हुन सक्छ । समाजको व्यवहार वा क्रियाकलापले व्यतिmको मनमा नकारात्मक असार पुग्न गई उसको चिन्तन, धारणा र विचारमा परिर्वतन भई दैनिक क्रियाकलापमा बाधा गर्ने गरी विभिन्न अस्वाभाविक व्यवहार देखाई रहनु नै मनोसामाजिक समस्या हो । भावनात्मक समस्यालाई एक अर्कामा पहिचान गर्न सकिएन् भने त्यो ठूलो समस्याको रुपमा उत्पन्न हुन् सक्छ । जसले गर्दा समस्यामा परेका व्यक्तिलाई दैनिक रुपमा आफ्नो कामकाजमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा बाँधा परिरहेको हुन्छ ।
मनोसामाजिक समस्याले दैनिक जीवनमा धेरै कुराहरुमा परिवर्तन ल्याउन सक्छ । जस्तै चिन्तन, व्यक्तिको भावना, व्यवहार, शारीरिक रुपमा विभिन्न समस्याहरु उत्पन्न हुन्छन् । मनोसामाजिक समस्या यही कारणले मात्र हुन्छ भन्ने पनि छ्रैन । सबैमा समस्यासँग सामना गर्न सक्ने क्षमता हुन्छ भन्ने पनि छैन । जो व्यक्ति आफ्नो समस्यासँग सामना गर्न सक्दैन उसलाई सामाजिक रुपमा विभिन्न समस्याले घेरिरएको हुन्छ । जसले गर्दा नतिजा नकारात्मक भएको हुन्छ र विभिन्न खालका समस्याले तनाव सिर्जना गर्छ र मनोसामाजिक समस्याका लक्षणहरु देखा पर्दछन् । जस्तै निन्द्रा नलाग्नु वा गडबडी हुनु ,आत्महत्याको साेंचाई वा प्रयास गर्नु, खानामा रुची नहुने, एकोहोरो बस्ने, टोलाउने, रिस उठ्ने आक्रोस हुने, नबोल्ने वा धेरै बोल्ने, घुलमिल र रमाईलो गर्न नसक्ने, साथीभाइसँग टाढा हुने, मन उदास र निराश भइरहने, भविष्यप्रतिको योजना बनाउन नसक्ने जस्तै भोलिको दिनमा के गर्ने निधो गर्न नसक्ने, लागूपदार्थको प्रयोग गर्ने, छटपटिने, डराउने जस्ता लक्षणहरु देखिन्छ ।
मनोसामाजिक समस्या भएपछि व्यक्तिको मन , शरीर , व्यवहार र सम्बन्धमा प्रत्यक्ष रुपमा असर पु¥याएको हुन्छ । जसले गर्दा व्यक्तिमा जहिले पनि नकारात्मक विचार आइरहेको हुन्छ र आफु जहिले पनि एक्लो भएको महसुुस गर्छ । आफ्नो जीवन नै समाप्त गर्न पनि पछि हट्दैन् । यस्ता विभिन्न नकारात्मक साेंचको कारणले हाम्रो समाजमा मनोसामाजिक समस्या भएको व्यक्तिहरुलाई हेर्ने दृष्टिकोण नै फरक छ । यस्तो समस्या भएको व्यक्तिलाई दिमागि हालत बिग्रेको वा पागल भएको भन्ने धारणा राख्ने वा मनोसामाजिक समस्याका लक्षणहरु देखिएपछि धामि झाँक्रिकोमा गएको पनि देखिन्छ । यस्ता व्यवहारले मनोसामाजिक समस्या घट्नुभन्दा झनै बढेको पाईन्छ । यो एउटा ठूलो रोेग हो जुन निको हुँंदैन भन्ने धारणा पनि उस्तै छ ।
मनोसामाजिक समस्या समाधान गर्नको लागि धामी, झाँक्रीकोमा जानुभन्दा पनि आफ्ना समस्यालाई पहिचान गरेर समस्याको समाधान गर्न मनोसामाजिक विमर्शकर्तासँग छलफल गर्नु महत्वपूर्ण हुन्छ साथै मनोचिकित्सक डाक्टरलाई पनि भेट गर्न सकिन्छ । सामान्य खालको मनोसामाजिक समस्याले दैनिक जीवनमा अप्ठ्यारो पारेको छ भने मनोविमर्शकर्तासँग भेटघाट गरी कुराकानी गर्न सकिन्छ । यस्तै कडा खालको मानसिक समस्या हो भने उपचार नै आवश्यक हुन्छ । मनोविमर्शपछि मनोसामाजिक समस्याबाट ग्रसित व्यक्तिलाई सकारात्मक सोंच आउनुको साथै जीवनलाई कसरी अगाडी वढाउन सकिन्छ भनेर सोच्न सक्ने क्षमताको विकास पनि हुन्छ ।
मनोसामाजिक समस्या भएको व्यक्तिले पनि आफनो समस्यालाई कम गर्नका लागि स्वयंमले दैनिक आफूलाई के भैरहेको छ ? भनेर खोजि गर्नु पर्छ । आफ्नो समस्यालाई समाधान गर्न बिभिन्न किसिमका योगहरु गर्ने, मनको कुरा आफ्नो मन मिल्ने अर्थात नजिकको साथीसँग व्यक्त गर्ने, आफूलाई दैनिक रुपमा व्यस्त राख्ने, रुची अनुसारको क्रियाकलापहरु गर्ने । यति गर्दापनि आफूलाई नियन्त्रण वा समाधान तिर लान सकिएन भने मनोविमर्शकर्तालाई भेटी आफूलाई परेको सबै समस्या बताउनु पर्छ, जसले गर्दा समस्या समाधान हुनलाई मदत गर्छ ।
मानसिक रुपमा स्वस्थ हुने केही उपायहरु
- आराम गर्नुस् ।
- प्रकृतिसँग आनन्द लिने जस्तै हरियाली भएको ठाउंलाई थप व्यवस्थित वनाउने ।
- जुनकराले तनाव दिन्छ त्यस बाट टाढा हने
- सरसफाईमा ध्यान दिने,नाच्ने
- आफुलाई मन पर्ने किताव पढ्ने
- एउटै कुरामा गहिरो सोंचाई वा चिन्तन नराख्ने
- मनको कुरा नजिकको आफ्नो साथीलाई भन्ने बानी बसाल्ने
- भविष्यमा आईपर्ने तनावलाई लिएर चिन्ता नलिने ।
- आफूले हासिल गरेको कुरामा सन्तुष्ट हुने र व्यायाम गर्ने
- अन्ध विश्वासको पछि नलाग्ने र
- डरलाग्दा धट्नाको भिडियो नहेर्ने