नवलपरासीको सुनवल नगरपालिकामा निः शुल्क आयुर्वेद तथा वैकल्पिक चिकित्सा सम्बन्धी एक दिने शिविर शनिबार संचालन भएको छ । नवलपरासी आयूवेद स्वास्थ्य केन्द्रको आयोजनामा सुनवल वडा नं. ४ मा रहेको जनज्योती प्राथमिक विद्यालयामा शिविर संचालन गरिएको हो ।
कार्यक्रममा हात खुट्टा दुख्ने, ग्याष्टिक, छालाको रोग, दिसा पिसाब, पाएल्स, प्रेसर, सुगर लगायतको रोगहरुको परिक्षण गरिएको थियो । शिविरमा जम्मा ४०५ जना विरामिको परिक्षण गरिएको छ भने २२५ जना महिला र १८० जना पुरुष रहेका थिए । रोग परिक्षणको साथ साथै विरामिहरुलाई आयूवेदिक औषधिहरु पनि वितरण गरिएको संस्थाले जनाएकोे छ ।
नवलपरासी आयूर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा. अचर्ना शुक्लाको अध्यक्षता र सुनवल नगरपालिकाका नगरप्रमुख विमला अर्यालको प्रमुख आतिथ्यतामा शिविर संचालन गरिएको हो ।
कार्यक्रमामा सुनवल नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनि, डा. गोपाल न्यौपाने, नरायण प्रसाद आचार्य, रेशम पौडल गोविन्द कुँवर, खेम कुमारी भट्टराई, मेघ बहादुर शारु, समाजसेवी रामप्रसाद ज्ञवाली, यूवा समाजसेवि सुरज अर्याल लगायतको सहभागिता रहेको आयूवेद स्वास्थ्य केन्द्रका प्रमुख डा.शुक्लाले नेपाली चेलीलाई जानकारी दिनु भयो ।