बर्दघाट्मा आयोजित छैठौँ कृषि पर्यटन तथा औधोगिक व्यापार मेला २०७९ को आज आठौ दिन दर्शकहरुको उत्साह जनक उपस्थिती ।
नवलपरासि जिल्लालाई पर्यटकिय जिल्लाको रुपमा परिचित गराउने उद्धेश्य मेलाले लिएको बर्दघाट उघोग वाणिज्य संघ आयोजक सस्थाका अध्यक्ष लेखनाथ न्यौपानेले जानकारी दिनु भएको छ ।
यस क्षेत्रको धार्मीक ऐतिहासिक सांस्कृतिक पर्यटकिय र जैविक विविधताको संरक्षण तथा प्रचार प्रसार गरि समग्र आर्थिक तथा समाजिक क्षेत्रको बिकास गराउन योजना रहेको छ । र्राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वजार सम्म औधोगिक लधु उधम तथा कृषि जन्य उत्पादनको बजार बिस्तार गर्न साथै शिक्षा ,स्वास्थय र कृषि क्षृेत्रको प्रवद्र्धन एवंम सुचना तथा विज्ञान प्रविधिको व्यापक प्रचार प्रसारमा टेवा पुर्याउने उद्धेश्यका साथ मेला सञ्चालन गरिएको न्यौपानेले बताउनु भएको छ ।
करिब दुई सय स्टल रहको उक्त मेलामा १ लाख ५० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ । तीन करोड बराबरको आर्थिक कारोबार हुने लक्ष्य राखिएको उक्त व्यापार मेलामा दैनिक उपभोग्य वस्तु ,सेवा, साना तथा घरेलु उत्पादन, जडिबुटी, कृषि उत्पादन, औद्योगिक मेसिनरी ,उपकरण, हस्त कला उत्पादन, अटोमोबाईल्स, ईलेक्ट्रिकल्स मोवाईल सूचना प्रविधि, फर्निचर, फर्निसिंगको सामग्री, निर्माण सामग्री, शैक्षिक, स्वास्थ्य, बैंक तथा वित्तिय संस्था, होटलरेष्टुरेण्ट, बाल उद्यान, राष्ट्रिय तथा स्थानीय कलाकार सहित स्थानिय भाषा, धर्म, कला साहित्य र भेषभुषाको प्रदर्शनी रहेको र्दघाट उद्योग वाणिज्य संघका महासचिव दिनेश न्यौपानेले जानकारी दिनुभएको छ ।
मेलामा स्टल राख्न बर्दघाट उद्योग वाणिज्य संघमा आवद्ध व्यवसायीलाई ७० प्रतिशत छुटको व्यवस्था गरिएको छ । भने अपांगता भएका र ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाईएको छ । साथै विद्यार्थीलाई टिकटमा सहुलियत दिएको छ भने कृषि र महिला उद्यमी लाई स्टल निःशुल्क प्रदान गरिएको छ । उक्त मेलामा करिब ६० लाख खर्च हुने अनुमान गरिएको आयोजकले जनाकारी दिएको छ ।