जेसीआई रामनगरको ९ औं वार्षिकोत्सव तथा स्थापना दिवसको अवसरमा खुल्ला दौड प्रतियोगिता आज मंगलबार सम्पन्न भएको छ ।
जेसीआई रामनगरकोे आयोजनामा विश्व शान्तिका अग्रदुत भगवान गौतम बुद्धको अष्टधातु रहेको एतिहासिक धार्मिक स्थल रामग्राम स्तुपामा स्वस्थ्यका लागि खेलकुद भन्ने नाराका साथ प्रतियोगिता भव्य र सभ्यरुपमा सम्पन्न भएको छ । रामग्राम स्तुपा देखि दौड शुरु गरिएको रामग्राम शान्ति चौकमा सम्पन्न भएको हो ।
प्रतियोगितामा २७ जना जिल्लाका विभिन्न विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो । जसमा ६ जना छात्रा र २१ जना छात्रको सहभागिता रहेको ६ किलोमिटरको खुल्ला दौडको प्रतियोगिता भएको थियो । प्रथम हुने छात्रतर्फ नेपाल राष्ट्रिय मा.विका राजकिशोर चमार , दितिय हुने महेन्द्र मा.वि छिवनीका प्रेमलाल कोहार, तृतीय हुने श्री गणेष मा.विका श्रवण केवट र छात्रा तर्फ प्रथम हुनेमा रामग्राम पाल्हि बहुमुखि क्याम्पसकि अनुराधा पाण्डे, दितिय हुनेमा रामग्राम ७ कि रिना कोइरी, तृतिय हुनेमा सुस्ता ४ की मनिषा ठठेर लगाएतका विजेता हुनु भएका छन् ।
रामनगर जेसीज वर्ष २०२३ को अध्यक्ष कुशमाखर चापागाईको अध्यक्षता तथा रामग्राम नगरपालिकाको नगर प्रमुख धनपत यादवको प्रमुख आतिथ्यतामा र उपप्रमुख सम्झना चौधरीको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्मन्न् भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दे नगर प्रमुख यादवले रामग्राम नगरपालिका भित्र रहेको गौतम बुद्धको अष्टधातु धेरै ओल्झलमा रहेको बताउँनु भयो । उहाँले लुम्बिनी विकास कोषले त्यति ध्यन दिन नसकेको बताउदैं रामग्राम नगरको पहिलो सम्पित मात्र नभै जिल्लको धरोहरको रुपमा रहेको यसको संरक्षण गर्न सबैको जिम्मेवारी महत्वपुर्ण रहेको बताउनु भयो साथै जिल्लामा रहेको कतिपय त्यस्ता पुरातात्विक सम्पतिहरु रहेका ति सम्पति भोलिको दिनमा यहाका स्थानिय वासीहरुको पहिचान भल्काउने भएकोले । सबैको संक्षरणको लागि हरेक संघसंस्थाले पहल गर्नु पर्नै जरुरी रहेको उहाँले बताउनु भयो ।
यसै गरी उपप्रमुख सम्झना चौधरीले स्थापना दिवसमा संस्थाले धेरै सह्रानिय र सम्मानजनक काम गरेको बताउँदै खेलले व्यक्तिको नेत्रित्व र व्यक्तित्व विकास गर्ने भएकोले पढाईको साथसाथै खेलमा पनि क्रियाशिल हुदै अगाडि बढ्न विद्यार्थिहरुलाइ प्रोत्साहन गर्दै शुभकामाना दिनुभएको थियो ।
यसैगरी कार्यक्रमा संस्थाका संस्थापक अध्यक्ष डोलराज भण्डारी, जिल्ला ट्राफिक कार्यलयका डम्मर क्षेत्री, रामनगर जेसीजका पुर्व अध्यक्षहरु भोजराज चापागाई, भोजराज पाण्डे, रामग्राम जेसीज वर्ष २०२३ का अध्यक्ष बेनिमाध्व बस्याल बर्दघाट जिसीज वर्ष २०२३ का अध्यक्ष गणेश पाण्डे (शिसम) लगाएतले रामग्राम स्तुपाको विकास र संक्षणको लागि तमाम किसीमको यास्ता कार्यक्रम गर्नु पर्ने बताउदै प्रतियोगिताम सहभागि सम्पुर्ण विद्यार्थिहरुलाई शुभकामना दिनु भएको थियो । यस्तै कार्यकमा स्वागत मन्त्वय कार्यक्रम संयोजक हिरामणि शर्माले दिनु भएको थियो भने कार्यक्रको जानकारी रामनगर जेसीज वर्ष २०२३ कि महासचिव देवकला खनालले दिनु भयो ।