नेकपा एमालेसँग आवद्ध रिटर्नी फेडेरेशन नेपाल नवलपरासी पश्चिमको प्रथम अधिवेशन शनिबार परासीमा सम्पन्न भएको छ । पार्टीले संचालन गरिरहेको मिसन ग्रासरुट अभियान अन्तर्गत नै फेडेरशनले अधिवेशन गरेको हो । सम्पन्न प्रथम अधिबेशनले चिरन्जिवी खनालको नेतृत्वमा १७ सदसीय जिल्ला कमिटि निर्माण गरेको छ । अधिबेशन सर्वसम्मत सम्पन्न भएको ३ सदस्यीय निर्वाचन मन्डलका संयोजक कृष्णप्रसाद भुषालले जानकारी दिनु भयो ।
सर्वसम्मत जिल्ला कमिटिको उपाध्यक्षमा धर्मागत पाण्डे र खगेन्द्र अर्याल, सचिवमा यश बहादुर बराल मगर, उपसचिवमा कुमार आले र पवित्रा रेग्मी निर्वाचित वन्नु भएको छ । कोषाध्यक्ष पदमा प्रतिनिधि चयन गर्न बाँकी रहेको फेडेरेशनले जनाएको हो ।
यस्तै जिल्ला कमिटि नवलपरासीको सदस्यहरुमा नरेन्द्र चौधरी, सत्यनारायण कहार, टुकराज पाण्डे, दुर्गा वि.क., मोहन थापा, विकास सापकोटा, केशव खनाल, हरि कण्डेल, रघुविर केवट, घनश्याम भट्टराई र माधव अधिकारी निर्वाचित बन्नु भएको छ ।
कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटिका अध्यक्ष दिपेन्द्र कुमार अधिकारी, उपाध्यक्ष डोलराज भण्डारी लगायतले सम्बोधन गर्नु भएको नवनिर्वाचित फेडेरेशनका अध्यक्ष खनालले जानकारी दिनु भयो । अधिवेशन पश्चात जिल्ला संगठन कमिटिको कार्यालय पनि शुभारम्भ भएको छ ।