आज ८ मार्च, ११३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विश्व भर विभिन्न कार्यक्रम गर्दै मनाइएको छ। सो अवसरमा पश्चिम नवलपरासीमा पनि विभिन्न संघसस्थाहरुले दिवस मनाएका छन ।
रामग्राम महिला जेसीज वर्ष २०२३ ले महिला दिवसको अवसरमा किशोरिहरुलाई सेनेटरी प्याड, सेनिटाइजर , साबुन स्टेशनरी सामान वितरण तथा सम्मान कार्यक्रम गरेको छ । लैङ्गिक समानताको बलियो आधार , सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार भन्ने नाराका साथ पाल्हिनन्दन गाउँपालिका वाड नं ३ को मदरसा इलामिया आधारभुत विद्यालय बेलासपुरमा कार्यक्रम गरिएको हो ।
रामग्राम महिला जेसीज वर्ष २०२३ की अध्यक्ष जोगमाया चौधरीको अध्यक्षतामा तथा पाल्हिनन्दन गाउँपालिकाका अध्यक्ष बैजु प्रसाद गुप्ता (दिपक) को प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी गुप्ताले रामग्राम महिला जेसीजले धेरै राम्रो काम गर्दै गएकोमा खुसि व्यक्त गर्नु भएको थियो । महिलाहरुका लागि थुर्पै अवसहरु रहेको भन्दै महिलाले गरेको नेतृत्व समाज र विकासका लागि धेरै उदाहरणीय रहेको बताउनु भयो । उहाँले किशोरीहरुको शिक्षामा पाल्हीनन्दन गाउँपालिकाले विशेष जोड दिएको बताउनु भएको छ ।
सो अवसरमा १० वर्ष पहिले आफ्नो श्रीमानको जीवन रक्षाकालागि मृगौला दान गर्नु भएकी संस्थाकै कार्यकारीणी उपाध्यक्ष सरिता कुमीलाई सम्मान गरिएको छ ।
कार्यक्रममा नेपाल जेसीजका निर्वतमान राष्ट्रिय उपाध्यक्ष सन्दिप अग्रहरीले महिलाहरुको नेतृत्व विकासकालागि आफैबाट सुरुवाट गर्न आग्रह गर्नु भएको थियो ।
यस्तेै रामग्राम महिला जेसीजका पुर्व अध्यक्ष एवं अध्यक्ष सल्लाहकार रिङ्गला यादवले महिलाका स्वास्थ्यलागि सेनेटरी प्याड प्रयोगको महत्व बताउँदै किशोरीहरुलाई यसको प्रयोग गर्न सुझाव पनि दिनु भएको थियो । सो क्रममा इस्लामीया आधारभुत विद्यालयका अध्यक्ष तवर्रेज आलाम खानले मदर्शामा पहिलो पटक यस्तो कार्यक्रम भएकोमा खुसि व्यक्त गर्दै विद्यालयमा विभिन्न किसिमको समस्या रहेकोले स्थानिय तहले समस्या समाधानमा पहल गरिदिनको लागि आग्रह गर्नु भयो ।
कार्यक्रममा इस्लामिया आधार भुतको प्रध्यानाध्यापक नैमुल्ला खा, जमिर खा, अलिरजा अन्सारी लगायले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । सो कार्यक्रमको संयोजकको भुमिका रामग्राम महिला जेसीज वर्ष २०२३ की उपाध्यक्ष अनु सुनारले गर्नु भएको थियो भने कार्यक्रमको संचालन संस्थाका महासचिव डोल्मा चौधरीले गर्नु भएको थियो ।