महिला अगाडि बढ्न एकताबद्ध हुन जरुरी रहेको रामग्राम नगरपालिकाकी उपप्रमुख सम्झना चौधरीले बताउनु भएको छ । ʺलैङ्गिक समानताको बलियो आधार, सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार ʺ को नारा सहित ११३ औँ अन्तरराष्ट्रिय महिला श्रमिक दिवसको अवसरमा उहाँले हरेक किसिमबाट महिला नेतृत्व विकासका लागि घरैबाट अगाडि बढन आग्रह गर्नुभएको छ ।
उपप्रमुख चौधरीको अध्यक्षतामा भएको ११३ औँ अन्तरराष्ट्रिय महिला श्रमिक दिवसको अवसरमा रामग्राम नगरपालिकाको आयोजनामा विविध कार्यक्रम गरी नगरपालिकाको सभाहलमा आइतबार दिवस मनाईएको छ । आउदो फागुन २४ गते परेको उक्त दिवसको अवसरमा पालिकाले बालबालिका तथा महिलाहरुलाई सम्मान गरेको हाे ।
सम्मानित हुनेमा एकल महिला भएर पनि सामाजिक क्षेत्रमा योगदान गर्नु भएकी मानव अधिकारकोलागि एकल महिला समुहकी अध्यक्ष बिष्णु थापालाइ सम्मान गरिएको छ । यसैगरि अपाङ्गता भएर पनि पढदै गरेकी विद्यार्थीलाइ थप हौसला प्रदान गर्न जनता मा.वि. देवगावँकी कक्षा ५ मा अध्ययनरत छात्रा लक्ष्मी केवट, शिक्षा क्षेत्रमा राम्रो योगदान गरेको साथै परासीमा पहिलो महिला प्रधानाध्यापक भएर पवन मा. वि मा अध्यापन गरिसक्नु भएकी साबित्री प्रधानलाई सम्मान गरिएकाे छ । साे अवसरा विद्यालय स्तरिय वक्तित्वकला प्रतियोगितामा सफल भएका विद्यार्थीहरुलाई पुरकार सहित सम्मान गरिएको थियो ।
उक्त अवसरमा सम्मानित भएकी एकल महिला थापाले आफु २२ वर्षको उमेरमा एकल भएको विभिन्न संघर्षहरु पार गर्दै आज यो ठाउमा आएर सम्मानित भएकोमा खुसि व्यक्त गर्नु भएको थियो । उहाँले संर्घष गर्नु पर्छ संघर्ष नगरी अगाडि बढन नसकिने भन्दै दुखलाई चिर्दै अगाडि बढन जरुरी रहेको बताउनु भयो । यस्तै उपभोक्ता हकहित मञ्च रामग्राम नगरपालिकाकी अध्यक्ष यमकुमारी सुबेदिले महिला नेतृत्व विकासगर्ने खालका कार्यक्रम तथा नेतृत्वमा पुगेका महिलाबाट हिंसामा परेका महिलाहरुलाई लक्षित गरी महिला रुपान्तरण कार्यक्रम आवश्यक रहेको बताउनु भयो ।
यसैगरि कार्यक्रममा रामग्राम नगरपालिका वडा नं.१२ का वडा अध्यक्ष लोकबहादुर चौधरी, रामग्राम नगरपालिकाको कार्यपालिका सदस्य नानुकुमारी खडका, शसक्तिकरण नेपालका अध्यक्ष अस्मिता राना, बन्जरिया महिला तथा ऋण सहकारी संस्थाका अध्यक्ष शोभा चौधरी लगाएतले शुभकामना मन्तव्य दिनु भएको थियो कार्यक्रममा स्वागत मन्तव्य महिला बालबालिका तथा समावेशी उपशाखाका प्रमुख महिला विकास अधिकृत तारा अर्यालले गनुभएको कार्यक्रम संचालन इन्द्रेणी सामाजिक विकास मंचका संयोजक सुमित्रा चौधरीले गर्नु भएको थियो ।