विकास निर्माण र सेवा प्रवाह सम्बन्धी सार्वजनिक सुनुवाई प्रत्येक वडामा गर्ने गरी पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले सार्वजनिक सुनुवाईको शुरुवात वडा वडामा गर्दै आज शुक्रबार वडा नं. ४ र ५मा सम्पन्न गरेको छ ।
बुधवार देखि शुभारम्भ गरेको सुनुवाइ चालु आ.ब.को ३१० दिन पुराभएसँगै पालिकाले सेवा प्रवाह र विकास निर्माण बारे जनताका प्रतिक्रिया सुन्दै जनअपेक्षा अनुरुप योजना निर्माण गर्न सबै वडामा सार्वजनिक सुनवाई आयोजना गरिएको गाँउपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले जानकारी दिनुभयो ।
सम्पन्न सार्वजनिक सुनुवाईमा वडा नं. ४ का स्थानियवासीले विकासको सर्दभमा आधुनिक कृषिगर्न धेरै समस्यारहेको गुनासो गदै कृषि क्षेत्रलाई प्रभावकारी बनाउन सुझाव दिएका छन्न । डिजल पेट्रलको महगाई बढदैगएकोले विधुतको व्यवस्थापन गर्न ,उचित बोटोघाटो ,धाराको व्यवस्थापन , शिक्षा क्षेत्रलाइ गुस्तरबनाउन उचित लगानि गर्दै सेवा प्रवाहलाई प्रभावकारी तथा नागरिक मैत्री बनाउन सुझाव दिएका छन् । यसै गरी वडा नं. ५ का स्थिानिय वासीले विकास निर्माणलाई चुस्त बनाउन सबै क्षेत्रमा समानुपातिक विकास हुनुपर्ने माग गर्दे स्थानियले केहि स्थान विशेष पछाडी परेकाले बजेट विनियोजन गरेर विकासको मुलधारमा ल्याउनुपर्नेमा जोड दिएका छन् ।
सरावल गाउँपालिकाका अध्यक्ष सुखाडि प्रसाद चौधरीको अध्यक्षतामा तथा उपाध्यक्ष बासमति हरीजन, प्रमुख प्रसासकीया अधिकृत दुर्गा पौडेलको सहभागितामा कार्यक्रम सम्मपन भएको हो । वाडावासीका जिज्ञासलाई सम्बोधन गर्दे अध्यक्ष चौधरीले विकास निर्माण र सेवा प्रवाहमा गुणस्तरीयता कायम गर्न पालिका प्रतिवद्ध रहेको साथैँ सार्वजनिक सुनवाइमा मात्र वडा वासीले गुनासो सुनाउने हैन आफुलाइ अवस्यक परेको जुनसुकै समयमा जनताको गुनासो सुन्न तयार रहेको बताउनु भयो । यसै गरी स्थानिय वासिका गुनासोलाइ सम्बोधन गर्दै प्रमुख प्रशासकिय अधिकृत दुर्गा पौडेलले सेवा प्रवाहमा समस्या आउन नदिन आफुहरु प्रतिवद्ध रहेको बताउनु भयो ।
सरावल गाउँपालिका वडा नं ४ मंगलापुरमा विहान ११ बजे सुनुवाई गरिएको छ भने वडा नं.५ मा दिउसो २ बजेदेखि सुनुवाई गरिएको थियो । सो क्रममा वडा नम्बर ४ र ५ बाट भएका सेवा प्रवाह र विकास निर्माणका विषयमा ४ का वडा अध्यक्ष सुरेश यादव र ५ का वडा अध्यक्ष लक्ष्मण चौधरीले प्रष्ट्याउनु भएको थियो ।
कार्यक्रममा सरावल गाउँपालिका शाखा प्रमुख देशकान्त पौडेल , वडा नं. ४ र ५ का वडा सदस्य, वडा वासी लगएको सहभागिता रहेको थियो । कार्यक्रमको आयोजना सामुदायिक रेडियो परासी ९०.२ मेगाहर्जले गरेको स्टेशन म्यानेजर विकास अधिकारीले बताउनु भयो । आगामी फागुन २१ गते ६ र ७ तथा फागुन २६ गते वडा नं. ३ र गाउँपालिकाको सार्वजनिक सुनुवाई गरिने गाउँपालिकाले जनाएको छ ।