पश्चिम नवलपरासीका स्थानिय जनप्रतिनिधिहरुले स्वास्थ्य क्षेत्रमा विनियोजित हुदै आयको बजेट वृद्धि गर्ने प्रतिवद्धता जनाएका छन्न् ।
आज मंगलबार पश्चिम नवलपरासीको सदरमुकाम परासीमा आयोजित प्रजनन् स्वास्थ्य सम्बन्धी महिला जनप्रतिनिधी, अधिकारकर्मी तथा संचारकर्मी सगैँ गरिएको अभिमुखिकरण कार्यक्रममा बोल्दै स्थानिय तहका जनप्रतिनिधिहरुले स्वास्थ्यमा बजेट अपुग भएको भन्दै वृद्धि गर्ने प्रतिबद्धता जनाएका छन् ।
स्वास्थ्य मन्त्रालय लुम्बिनी प्रदेश तथा सञ्चारिका समुह नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै रामग्राम नगरपालीकाकी उपप्रमुख सम्झना चौधरीले नगरले महिला स्थास्थ्य सम्बन्धि विभिन्न कार्यक्रम गदै आइरहेको छ । आगामी दिनको कार्ययोजनामा महिला स्वास्थ्यमा अझ सुधार र मातृमुत्यूदर घटाउनको लागि थप कार्य योजनाको साथसाथै आवस्यक बजेटको योजना गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । यस्तै सरावल गाउँपालिकाकी उपाध्यक्ष बासमति हरिजनले आगामि कार्ययोजनामा स्वस्थ्य सम्बन्धि दिगो विकासको लक्ष्य लिएर कार्य योजना बनाउने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।यसै पाल्हिनन्दन गाउँपालिकाकी उपाध्यक्ष सकिना फातिमा अन्सारीले अगामि आर्थिक वर्ष देखि नयाँ कार्ययोजनाका साथ काम गर्ने प्रतिबद्धता जाहेर गर्नु भएको छ ।
प्रजनन् स्वास्थ्यको महत्व,अधिकार, महिलाहरुमा आइरहेको समस्या समाधानका न्यूनिकरण, जिल्ला, प्रदेशसहरुको अवस्था, तथा दिगो विकासको कार्ययोजना सम्बन्धि सञ्चारीका समुह नेपालका लुम्बिनी प्रदेशकी अध्यक्ष अमृता अनमोल र स्वास्थ्य साखा संयोजक सुनिता ज्ञवालीले सहजिकरण गर्नु भएको थियो
कार्यक्रममा लुम्बिनी प्रदेश स्वास्थ्य शाखा प्रमुख महेश पाण्डे , स्वास्थ कार्यलयका निम्ति प्रमुख ओमप्रकास पन्थि ,उपभोक्ता हित संरक्षण मञ्च नवलपरासीका जिल्ला अध्यक्ष सरस्वती शर्मा , पृथ्विचन्द्र अस्पतालका जिल्ला अस्पतालका मेडिकल अधिकृत रेहाना प्रवीण, यसै गरी बर्दघाट नगरपालिका, सरावल गाउँपालिका,पाल्हिनन्दन गाउँपालिका स्वस्थय शाखाका र रामग्राम नगरपालिकाका स्वास्थ्य शाखाका प्रतिनिधिहरुले प्रजनन् स्थास्थ्य सम्बन्धी अन्तर क्रिया गर्नु भएको थियो ।