नेपाल आदिवासी जनजाति महासंघ सुनवल नगर समन्वय परिषद्को छैठौँ साधारण सभा तथा दोस्रो अधिवेषन मंगलबार सम्पन्न् भएको छ ।
अधिवेशनबाट हेम बहादुर थापाको अध्यक्षतामा १३ सदस्य निर्वाचित भएका तमु ह्यूल छोजधि गुरुङ्ग राष्ट्रिय परिषदका केन्द्रय सदस्य एवं निर्वाचन संयोजक मिलन कुमार गुरुङ्गले जानकारी दिनुभयो । उपाध्यक्ष पदमा क्रमश टुविका थारु, नन्द प्रसाद गुरुङ्ग, पार्वती कर्मचार्य निर्वाचित हुँनु भएको छ । यस्तै सचिवमा रोशन गुरुङ्ग, कोषाध्यक्षमा शान्ति श्रीष मगर चयन हुनु भएको छ भने सहसचिवमा ३ जना राधिका कुमाल, कुल बहादुर तामाङ्ग, टुक प्रसाद श्रेष्ठ र सदस्यहरुमा ४ जना गरी मोहनलाल कसरीया थारु, निरु पुन, बसन्ती गुरुङ्ग र जयराम कुमाल लगाएत सर्वसम्मत निर्वाचित भएका छन् ।
नेपाल आदिवासी जनजाति महासंघ सुनवल नगर समन्वय परिषद्का अध्यक्ष देव बहादुर गरुङ्गको अध्यक्षतामा तथा नेपाल मगर संघको सह अध्यक्ष एवं अदिवासी जनजाति लुम्बीनी प्रदेश सल्लाहकार दल बहादुर विरक्टा मगरको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा आदिवासी जनजाति सहासंघ जिल्ला समन्वय परिषद्का अध्यक्ष तारा राना , नेपाल आदिवासी जनजाति महांसघ निर्वतमान जिल्ला सचिव एवं सुनवल नगरपालिका वाड नं. १ का वडा अध्यक्ष मान बहादुर थापा मगर, ,तमु ह्यूल छोजधि गरुङ्ग राष्ट्रि परिषद्का केन्द्रिय सल्लाहकार ठाकुर जङ गरुङ्ग,जनजाति महासघ प्रदेश कोषाध्यक्ष विजुला जोसी लागाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
स्वागत मन्तव्य सुनवल नगर समन्वय परिषद्का कोषाध्यक्ष हेम थापाले राख्नु भएको थियो भने कार्यक्रम सञ्चालन सुनवल नगर समन्वय परिषद्का उपाध्यक्ष र्निमला सारुमगरले गर्नु भएको कार्यक्रमको जानकारी निर्वाचन समितिका संयोजक मिलन कुमार गुरुङ्गले दिनुभयो ।