अन्तर्राष्ट्रिय आप्रवासन श्रमिक दिवसको अवसरमा बैदेशिक रोजगारमा ज्यान गुमाएका तथा परिवारसंग सम्पर्क बिहीन भएका र अन्य कारणबाट प्रभावित परिवारका बालबालिकालाई शैक्षिक सामाग्री र न्यानो कपडा बितरण गरिएको छ।
रामग्राम नगरपालिकाद्वारा संचालित सुरक्षित आप्रवासन सामी कार्यक्रमको आयोजना तथा आप्रवासी परिवार हक हित मञ्च नवलपरासीको सहकार्यमा कार्यक्रम गरिएको हो ।रामग्राम नगरपालिकाका नगर उपप्रमुख सम्झना चौधरीको अध्यक्षता तथा नगर प्रमुख धनपत यादवको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बोल्दै नगरप्रमुख यादवले बैदेशिक रोजगारमा जानुभन्दा पहिला सहि सुचना र सीप सम्बन्धी ज्ञान लिएरमात्र जान युवाहरुलाई आग्रह गर्दै सीप नहुदाँ बैदेशिक रोजगारमा जादाँ ज्ञान नहुनाले युवाहरु बिदेशमा दुःख पाउने गरेको बताउनु भयो ।
बैदेशीक रोजगारमा ज्यान गुमाएका परिवार तथा प्रभावितहरुलाई जिविकोपर्जनको लागि सीपमुलक तालिमको आयोजना गर्ने योजना बनाईएको बताउनु भयो। नगरपालिकाले सीप सम्बन्धी तालिम दिई त्यस्ता परिवारको जिविकोपार्जन गरी परिवार पाल्न सक्ने बिश्वास व्यक्त गर्नु भयो।
सो अबसरमा कार्यक्रमका अध्यक्ष समेत रहनु भएकी नगरउपप्रमुख चौधरीले युवा युगतीहरुले बैदेशिक रोजगारीमा जानुभन्दा सीप सिकेर स्वरोजगार हुन सके बिदेश जानुपर्ने बाध्यता नरहने बताउदै बैदेशिक रोजगारलाई सीपयुक्त र ठगी मुक्त बनाउन सबै लाग्नु पर्ने बताउनु भयो।
कार्यक्रममा आप्रवासी परिवार हक हित मञ्चका जिल्ला अध्यक्ष रामु भुसालले मंच गठन भएदेखि नै बैदेशिक रोजगार सम्बन्धी विभिन्न गतिबिधी र सचेतना मुलक कार्यक्रम गर्दै बैदेशिक रोजगारमा ज्यान गुमाएका , परिवारसंग सम्पर्क बिहीन भै समस्या परेका तथा अन्य बिबिध कारणले समस्या भएका परिवार मध्यका जसले राज्य वा कुनै निकायबाट सहयोग नपाएका बालबालिकाहरुलाई प्रत्येक बर्ष विभिन्न संघ सस्थाको सहयोगमा शैक्षिक समाग्री र न्यानो कपडा बितरण गरि उनिहरु लाई हौसला प्रदान गरेको बताउनु भयो ।
सो अबसरमा सामीका कार्यक्रम संयोजक ज्ञानेश्वार भण्डारीले वैदेशिक रोजगारको अबसर, समस्या र चुनौती सहितको कार्यपत्र प्रस्तुत गर्नु भएको थियो। कार्यक्रममा मिडियाकर्मीको तर्फदेखि रेडियो परासीका प्रबन्धक निर्देशक मेघराज गौतम, संघ सस्थाको तर्फदेखि समृद्धि सामाजिक सस्था कि अध्यक्ष रन्जिता कुमारी पटेल, प्रभावित परिवारका सदस्य लगायतले मन्तब्य राख्नु भएको थियो। बैदेशिक रोजगारमा ज्यान गुमाएका तथा परिवारसंग सम्पर्क बिहीन र समस्या परेका परिवार त्यसमा पनि गरिब दलित परिवारका बालबालिकालाई छनौट गरी जिल्लाका २० जना बालबालिकालाई २५ सय बराबरको शैक्षिक सामाग्री बितरण गरिएको मञ्चका उपाध्यक्ष एवं सामी कार्यक्रम कि मनोपरामर्सकर्ता सुमित्रा चौधरीले जानकारी दिनु भयो।