सिद्धार्थ बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडले बुधवार २५ औं वार्षिक उत्सव एवं रजत समारोह सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष यमलाल पाण्डेको अध्यक्षता तथा लुम्बिनी प्रदेश सभा सदस्य खड्ग बस्नेतको प्रमुख आतिथ्यतामा रजत समारोह सम्पन्न भएको हो । सो अवसरमा प्रदेश सभा सदस्य वस्नेतले समाज र देश विकासमा लाग्ने हो भने सभा सम्मेलनमा समय खेर फाल्न नहुने भदै समययको सदुपयोग गर्नु पर्ने धारणा व्यक्त गर्नु भयो ।
उहाँले सहकारीमा आबद्ध सदस्यहरुको बालबच्चाले सहकारीको सहयोगमा उच्च शिक्षा हासिल गरेको, सहकारीको पहलमा सहकारीले समाज विकासमा उद्धारणीय कार्य गरेको देख्न र प्रशंसा गर्न पाउनेतर्फ सहकारीलाई लाग्न सुझाव दिनुभएको छ ।
कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख भगौती यादव (रुदल) ले सहकारी संस्थाले लिएको लक्ष्य सफल हुनेमा विश्वास व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा नेकपा एमालेका जिल्ला उपाध्यक्ष डोलराज भण्डारी, नेपाली काग्रेसका जिल्ला सदस्य रामबहादुर क्षेत्री, सुनवल ११ का वडा अध्यक्ष कमल प्रसाद चुवाँई, संस्थाका निवर्तमान अध्यक्ष टंक प्रसाद न्यौपाने, पुर्व अध्यक्ष पेउनारायण न्यौपाने, लुम्बिनी सुनवल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष लेखनाथ खरेल, संस्थाका उपाध्यक्ष जयराम बस्याल लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
सहकारीले २५ औं बार्षिक उत्सवको अवसरमा सहकारी शिक्षा, वतृत्वकला प्रतियोगिता, संस्थापक सदस्य परिवार सम्मान गरेको संस्थाका सचिव रमेश पराजुलीले जानकारीदिनु भयो ।
सहकारीले सञ्चालन गरेको वक्तित्वकला प्रतियोगितामा प्रथम हुने लुम्बिनी मावि सुनवलका अपेक्षा ढकाल, द्धितिय हुने रमवापुर मावि सुनवल ४ रमवापुरका स्मृति सापकोटा, तृतीय हुने जनसेवा मावि सुनवल ६ बिसासयका निशा गौतम, सान्त्वना हुने रामनगर एकेडेमी सुनवल १२ भुमहीका आयुसा खरेल र साकुरा मेमोरियल मावि सुनवलका ईच्छा पाठकलाई नगदसहित प्रमाण पत्रले सम्मान गरेको सचिव पराजुलीले जानकारी दिनुभयो ।
सिद्धार्थ सहकारीमा दुई हजार ३७ जना शेयर सदस्य रहेका छन् । हालसम्म संस्थाले ४१ करोड बराबरको कारोबार गरेको अध्यक्ष यमलाल पाण्डेले बताउनुभयो ।
समारोहमा लोक तथा दोहोरी गायक खुमन अधिकारी, गायीका रमिला न्यौपाने र मिस्टर हेन्डसम नेपालका विजेता अभिषेकको प्रस्तुती रहेको थियो ।