सहिद दिवसको अवसरमा साेमबार रामग्राम जेसीज बर्ष २०२३ ले सहिद परिवारलाई सम्मान गरेको छ । रामग्राम जेसीजका अध्यक्ष वेनी माधव वश्यालको अध्यक्षता तथा जिल्ला समन्वय समिति पश्चिम नवलपरासीका प्रमुख भगौती यादवको प्रमुख आतिथ्यमा सहिद परिवारलाई सम्मान गरिएको हो ।
जनआन्दोलन–२ का सहिद विष्णु पाण्डे कि धर्मपत्नी भागिरथी पाण्डेय र मधेस आन्दोलनका सहिद जगदीश पासवान कि माता सिंगारिदेवी पासवानलाई सम्मान गरिएको हाे ।
सो अवसरमा नेपाल जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष सन्दिप अग्रहरी, उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य रामजी ज्ञवाली, नेपाल लेखापढी कानुन व्यवसायी एसोशिएसनका केन्द्रीय सदस्य अर्जुन क्षेत्री, राष्ट्रिय नाई संघका जिल्ला अध्यक्ष वीरेन्द्र ठाकुर, रामग्राम जेसीजका निर्वतमान अध्यक्ष अनिल कुमार उपाध्याय, समाजसेवी राधेश्याम सिंह सैथवार, र पत्रकारहरुकाे सम्मान कार्यक्रममा सहभागीता रहेको थियो ।
रामग्राम जेसीज बर्ष २०२३ का कार्यकारीणी उपाध्यक्ष राजु देवानले आस्था पाठ गर्नु भएको कार्यक्रममा उपाध्यक्ष निरज ज्ञवालीले संचालन गर्नु भएको थियो ।
यसैवीच सहिदहरुको सम्झनामा रामग्राम महिला जेसीज बर्ष २०२३ ले दिप प्रज्ववलन एवं सहिद परिवारलाई सम्मान गरेको छ । रामग्राम महिला जेसीजका अध्यक्ष जोगमाया चौधरीको अध्यक्षता तथा पाल्हिनन्दन गाउँपालिका वाड नम्बार १ का वडा अध्यक्ष चुल्हाई प्रसाद यादवको प्रमुख आतिथ्यमा सहिद परिवारलाई सम्मान गरिएको हो । मधेस आन्दोलनका सहिद जगदीश पासवान कि माता सिंगारिदेवी पासवानलाई सम्मान गरिएको छ ।
सो अवसरमा माइती नेपाल जिल्ला प्रमुख संगीता पुरी, इलाका प्रहरीकार्यालयका जगत बहादुर सुनार, रामग्राम महिला जेसीजका पूर्व अध्यक्ष प्रभा ज्ञवाली, प्रविता गुरुवाचार्य र रिंगल यादव लगायतका कार्यक्रममा सहिद दिवसको अवसरमा मन्तव्य व्यक्त गर्नु भएको थियो ।
सो कार्यक्रमको संयोजक रामग्राम महिला जेसीज बर्ष २०२३ का उपाध्यक्ष अनु सुनार रहनु भएको थियो भने महासाचिव डोल्मा चौधरीले कार्यक्रम संचालन गर्नु भएको छ ।