
परासी । स्तनपानको महत्व विषयक अभिमुखिकरण कार्यक्रम शुक्रवार सुनवलमा सम्पन्न भएको छ । नवलपरासी जिल्लाका स्वास्थकर्मी, नीजि क्लीनिक तथा फार्मेसीका सञ्चालकहरुलाई लक्षित गरी स्तनपानको महत्व विषयक अभिमुखिकरण गरिएको हो ।
अभिमुखिकरण कार्यक्रममा आमाको दुध अमृत समान भएको बताइएको छ । आमाको दुध बालबालिकाको मानसिक, शारिरीक तथा बृद्धि विकासका लागि महत्वपूर्ण मानिएको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।
स्वास्थ्य कार्यालय नवलपरासीका निमित्त स्वास्थ्य प्रमुख भेषराज शर्माको अध्यक्षतामा भएको अभिमुखिकरणको सहकार्य नेपाल औषधी व्यवसायी संघ, नवलपरासीले गरेको छ । आमाको दुधलाई प्रतिस्थापन गर्ने बस्तु विक्रि वितरणलाई नियन्त्रण गर्ने विषयमा कार्यक्रममा व्यापक छलफल भएको हो ।
आमाको दुधलाई प्रतिस्थापन गर्ने ऐन, २०४९ र नियमावली २०५१ ले व्यवस्था गरेका मापदण्डहरुको पूर्ण पालना गर्न स्वास्थ्य कार्यालयले सचेत गराएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख शर्माले बताउनु भयो ।
शिशुलाई जन्मेको १ घण्टाभित्र नै आमाको दुघ खुवाउने, जन्मेदेखि ६ महिनासम्म आमाको दुघ मात्र खुवाउने र ६ महिना पुरा भएपछि थप पोखिलो खानाका साथै कम्तिमा २ बर्षसम्म आमाको दुघ पनि खुवाउनु पर्ने बताइएको छ । जसले शिशुमा रोगसँग लड्ने क्षमताको विकास हुने साथै आमा र शिशुका बीच माया र स्नेह बढ्ने स्वास्थ्य कार्यालयकी पब्लिक हेन्थ नसिंङ्ग अधिकृत कल्पना पौडेलले जानकारी दिनुभयो ।
कार्यक्रममा खोप अधिकृत ओमप्रकाश पन्थी, तथ्याँङ्क अधिकृत यवदेव न्यौपाने लगायतले सहजिकरण गर्नु भएको थियो ।