विराटनगर । प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे सर्वसम्मत चयन हुनुभएको छ । सोमबार विराटनगरमा सम्पन्न चौतारीको १० औँ महाधिवेशनले पाण्डेको अध्यक्षतामा ९९ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो ।

निवर्तमान उपाध्यक्ष राजेश राईले अन्तिम समयमा आफ्नो उम्मेदवारी फिर्ता लिनुभएपछि पाण्डे सर्वसम्मत चयन हुनुभएको हो ।
समितिको दुई जना उपाध्यक्षहरुमा चेतन अधिकारी र कृपा भण्डारी (महिला) चयन हुनुभएको छ । त्यस्तै, महासचिवमा हिरामान लामा पुनः एकपटक दोहोरिनुभएको छ ।
त्यस्तै, उपमहासचिवमा हरिवल्लभ नेपाल चयन हुनुभएको छ । सचिवहरुमा विष्णु तारुके (संगठन), प्रदीप आचार्य (अर्थ), बिक्रम लुइटेल (प्रचार तथा प्रशिक्षण) र नरेश भण्डारी (विदेश) चयन हुनुभएको छ ।
सोहीअनुसार प्रदेश इन्चार्जहरुमा नुतन श्रेष्ठ (कोशी), अच्युत पौडेल (मधेस), प्रतिमा सिलवाल (बागमती), गणेश पौडेल (गण्डकी), टीकाबहादुर बस्नेत (लुम्बिनी), याम शर्मा (कर्णाली), दिलबहादुर छत्याल (सुदूरपश्चिम), हेमराज सिलवाल (उपत्यका प्रदेश), यसिमा महत (प्रतिष्ठान) र रघुनाथ सापकोटा (एसोसियट) चयन हुनुभएको छ ।
केन्द्रीय सदस्य, अनुशासन आयोग, लेखा आयोग, निर्वाचन आयोग र नीति अनुसन्धान आयोगमा निर्वाचित सदस्यहरू (सूची सहित)