परासी । नेकपा एमाले निकट जनवर्गीय सङ्गठन नेपाल बुद्धिजिवि परिषद जिल्ला कार्यसमिति नवलपरासीको अध्यक्षमा वरिष्ठ अधिवक्ता बाबुराम खड्का सर्वसम्मत निर्वाचित हुनु भएको छ ।
शनिबार परासीमा सम्पन्न जिल्ला अधिवेशनबाट खड्काको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरिएको हो ।
जसको उपाध्यक्षमा गुरुदत्त पौडेल, सचिवमा चोलाकान्त रेग्मी, सहसचिवमा नवराज भण्डारी, कोषाध्यक्षमा गोपाल नेपाल चयन हुनु भएको छ ।
यस्तै सदस्यहरुमा क्रमशः रुक्मागत वस्याल, मित्रलाल लामिछाने, जगदिश माली, ऋषिकेशव उपाध्याय, विकास ढुङ्गाना र श्रद्धासुमन आचार्य सर्वसम्मत निर्वाचित हुनु भएको हो ।
त्यसअघि सम्पन्न जिल्ला अधिवेशनको समुदघाटन समारोह अध्यक्ष सागरमणी पाण्डेको अध्यक्षता र बुद्धिजिवि परिषदका केन्द्रीय कार्यवाहक अध्यक्ष विज्ञान आचार्यको प्रमुख आतिथ्यमा भएको हो ।
सो अवसरमा बोल्दै कार्यवाहक अध्यक्ष आचार्यले बुद्धिजीवी परिषदमा आबद्ध व्यक्तिहरूले रचनात्मक र सिर्जनात्मक काम गर्दै जनताको बहुदलीय जनवादको पक्षपोषण गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नवनिर्वाचित पदाधिकारीहरुलाई नेकपा एमालेका जिल्ला अध्यक्ष दिपेन्द्रकुमार अधिकारी, बुद्धिजीवी परिषदका केन्द्रीय सदस्य सुमनगोपाल आचार्य, नेकपा एमाले प्रदेश सदस्य लक्ष्मी क्षेत्री, पार्टीका जनवर्गिय संगठन इन्चार्ज राजनकुमार आचार्य लगायतले शुभकामना व्यक्त गर्नु भएको परिषदका कृष्ण अधिकारीले नेपाली चेलीलाई जानकारी दिनुभयो ।
