परासी । प्रकाशन तथा प्रशारण संघ लुम्बिनीको प्रथम अधिवेशन शनिवार बुटवलमा सम्पन्न भएको छ । सम्पन्न प्रथम अधिवेशनले बुटवल डुडे राष्ट्रिय दैनिक पत्रिकाका प्रवन्ध निर्देशक एवं संचार उद्यमी नवराज कुंवरलाई अध्यक्ष पदमा पुनः सर्वसम्मत चयन गरेको हो ।
रुपन्देहीको बुटवलमा शनिवार सम्पन्न प्रथम अधिवेशनले कुँवरको अध्यक्षतामा १३ सदस्यीय समिति सर्वसम्मत चयन गरेको हो भने २ जनालाई मनोनित गरी १५ सदस्यीय समिति बनेको छ । जसको उपाध्यक्षमा विष्णु भुसाल, महासचिवमा माधव नेपाल, कोषाध्यक्षमा गौतम भुसाल निर्वाचित हुनु भएको छ । त्यस्तै ३ सचिव पदमा क्रमशः दीपक घिमिरे, विनोद पौडेल र आशिष गुप्ता चयन हुनु भएको हो ।
यस्तै संघको ८ जना सदस्यहरुमा क्रमशः जगदिश भट्टराई, उषाकिरण पन्थ, विष्णु गैरे, गोपाल भट्टराई, मेघराज गौतम, चन्द्रकान्त न्यौपाने निर्वाचित हुनु भएको हो । आज बसेको बैठकले राधा बस्नेत रिया र सिद्धार्थ पाण्डेलाई मनोनित गरेको हो ।
यस्तै संघको सल्लाहाकारमा ३ जनालाई मनोनित गरिएको छ । जसमा डा बालकृष्ण चापागाई, शुक्रऋषि चौलागाईं र देवी वाग्लेलाई सल्लाहाकारमा मनोनित गरिएको हो ।
संघले लुम्बिनी प्रदेश भरका रेडियो, पत्रपत्रिका, अनलाईन र टेलिभिजनका सञ्चालकहरुको भेला गरी शुक्रबार बुटवलमै दोश्रो मिडिया सम्मेलन गरेको थियो । दोश्रो सम्मेलनमा विभिन्न ७ वटा फरक फरक विषयमा विज्ञहरुबीच छलफल तथा अन्तक्रिया सञ्चालन गरिएको संघका नवनिर्वाचित अध्यक्ष कुँवरले जानकारी दिनु भयो ।
