परासी । विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा शनिवार सुनवलमा उपभोक्ता सचेतनाका लागि अन्तक्रिया कार्यक्रम गरिएको छ । उद्योग वाणिज्य तथा उपभोक्ता हित निर्देशनालय लुम्बिनी प्रदेशका प्रमुख कृष्णप्रसाद गौतम अध्यक्षता र लुम्बिनी प्रदेशका साँसद बैजनाथ कलवारको प्रमुख आतिथ्यमा अन्तक्रिया गरिएको हो ।
सो अवसरमा बोल्दै साँसद जयसवालले राज्यका सवै निकाय, स्थानीय तह, उपभोक्ताका संघसंगठन र उपभोक्ता स्वयंको सक्रियताले मात्र उपभोक्ता अधिकारको सुनिश्चितता हुने बताउनु भयो । साँसद कलवारले उपभाक्ता सचेतनासँगै संयुक्त अनुगमनलाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिनुभयो ।
अन्तरक्रिया कार्यक्रममा सुनवल नगरपालिकाकी नगरप्रमुख विमला अर्यालले उपभोक्ता अधिकार सुनिश्चित गर्न समाजका बहुपक्ष बीच व्यापक सचेननामूलक कार्यक्रम सञ्चालन गर्नु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा सहभागी उपभोक्ताहरुले विषयगत हिसावले संयुक्त बजार अनुगमनलाई प्रभावकारी बनाउनु पर्ने, बजारमा उपलब्ध हरेक बस्तु तथा सेवाको मूल्य राज्यले निर्धारण गर्नु पर्ने, दर्ता नगरी व्यवसाय सञ्चालनमा रोक लगाउनु पर्ने, खुला सिमानाबाट हुने चोरी निकासी बन्द हुनु पर्ने जस्ता दर्जनौ माग राखेका छन् ।
सो अवसरमा उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य रामजी ज्ञवाली, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका बरिष्ठ अधिकृत अनुप हलुवाई र घरेलु तथा साना उद्योग कार्यालयका उद्योग अधिकृत पुरुषोत्तम पौडेलले विषयगत प्रस्तुतिकरण गर्नु भएको थियो ।
कार्यक्रममा लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका बरिष्ठ शाखा अधिकृत गंगाधर पाण्डेय, नेपाल घरेलु तथा साना उद्योग महासंघ लुम्बिनी प्रदेशकी सदस्य माया खनाल, उद्योग वाणिज्य संघ नवलपरासीका उपाध्यक्ष गिरीराज पाण्डे, वर्दघाट उद्योग वाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपाने, उपभोक्ता हित संरक्षण मंचका उपाध्यक्ष भोजराज वाराकोटी, मञ्चका वर्दघाट अध्यक्ष होमनाथ आचार्य लगायतले दिवसको अवसरमा शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
