बुटवल । प्रेस चौतारी नेपाल रुपन्देहीको अध्यक्षमा पत्रकार भगवती पाण्डे निर्वाचित हुनुभएको छ
चौतारीको जिल्ला अधिवेशन तथा २६ औँ साधारण सभाले सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरेको हो । अधिवेशनले उपाध्यक्षमा केशव भण्डारी र समावेशी उपाध्यक्षमा छाया पन्थलाई चुनेको हो ।
त्यस्तै, सचिवमा विष्णु घिमिरे, सहसचिवद्वय प्रतीक पौडेल र सत्यनारायण मानन्धर तथा कोषाध्यक्षमा एलिना आचार्य निर्वाचित हुनुभएको छ।
त्यस्तै कार्यसमिति सदस्यहरुमा प्रतिमा गौतम, रमेश पराजुली, दिनेश घिमिरे, सुशीला पोखरेल, अस्मिता अधिकारी, पोषकान्त पोखरेल, दिनेश लोध, जयप्रकाश राय, रोहित ढकाल, महेश घिमिरे (केदार), प्रेरणा केसी, इन्द्रबहादुर खत्री, विष्णु भट्टराई, भुवन आचार्य, हरिलाल बस्याल र शिशिर पाण्डे रहेको केन्द्रीय आयोगका अध्यक्ष गणेश खनालले बताउनु भयो। जिल्ला समिति २३ सदस्य चयन भएको छ।
त्यस्तै केन्द्रीय प्रतिनिधिमा रामप्रसाद आचार्य, भरत केसी, दिनेश पाण्डे, नरेश केसी, लक्ष्मण पौडेल, निरु गौतम र अर्जुन श्रेष्ठ रहेको निर्वाचन समिति सदस्य नविन केसीले बताउनुभयो ।
त्यस्तै प्रदेश परिषद् सदस्यमा वीपी गौतम, रबिन्द्र प्रताप गुप्ता, राजकुमार धवल, दीपक न्यौपाने, मनबहादुर क्षेत्री (मनोज), सुमित्रा चापागाईं र प्रकाश आचार्य रहेका छन्। नवनिर्वाचित अध्यक्ष पाण्डेले आफूलाई विश्वास गरेर जिम्मेवारी प्रदान गर्ने प्रेस चौतारीको टीमप्रति आभार व्यक्त गरिन्। उनले विश्वास टुट्न नदिने प्रतिवद्धता व्यक्त गरिन्।
![](https://www.nepalicheli.com/uploads/editor/2025-02-11/040448961FB_IMG_1739246525610.jpg)