परासी । विद्यालयको ३० औं बार्षिकोत्सव एवं अभिभावक दिवसको अवसरमा रामग्राम ६ स्थित रामग्राम सगरमाथा एकेडेमीका विद्यार्थीहरु खुसीले रमाएका छन् । विभिन्न कक्षामा अध्ययन विद्यार्थीहरुले नृत्य प्रस्तुत गरी उत्सव मनाउँदै रमाएका हुन् ।
एकेडेमीका अध्यक्ष सुमनगोपाल आचार्यको अध्यक्षता र रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादवको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको हो । सो अवसरमा नगरप्रमुख यादवले रामग्राम भित्रका सवै विद्यालयले शिक्षाकोगुणस्तर कायम गर्न एक आपसमा प्रतिस्पर्धा गर्नु पर्ने बताउनु भयो ।
विद्यालयले ३० औं बार्षिकोत्सव एवं अभिभावक दिवस विभिन्न रचनात्मक कार्यक्रम गरी मनाएको छ । विद्यार्थीहरुको सहभागीतामा विभिन्न जातजातिका कलासंस्कृती झल्किने नृत्य, खाना महोत्सव, चित्रकला प्रदर्शनी, विज्ञान प्रदर्शनी र बक्तृता प्रस्तुत गरिएको थियो ।
बार्षिकोत्सव एवं अभिभावक दिवस कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई नवलपरासीका प्रमुख महेन्द्र सुवेदी, प्याब्सनका केन्द्रीय सदस्य सन्तोष अधिकारी, लुम्बिनी प्रदेशका बरिष्ठ उपाध्यक्ष धनराज चापागाईं, नवलपरासीका अध्यक्ष डम्बर गुरुङ्ग, खानेपानी तथा सरसफाई उपभोक्ता संस्था परासीका अध्यक्ष दिनेश उपाध्याय लगायतले विद्यालयको उन्तती र प्रगतिको शुभकामना व्यक्त गर्नु भएको छ ।
वि.सं. २०५२ सालमा स्थापना भएको विद्यालयले कक्षा १० सम्म विद्यालय सञ्चालन गरिरहेको एकेडेमीका नेपाली शिक्षक बेनीमाधव वश्यालले बताउनु भयो । विद्यालयमा अहिले पाँच सय विद्यार्थीहरुले अध्ययन गरिरहेको विद्यालयका प्रधानाध्यापक अविनाश रेग्मीले जानकारी दिनु भयो ।