परासी। नेपाल निजामती कर्मचारी संगठनको बाह्रौं जिल्ला अधिवेशनले देवीलाल पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। बिहीबार परासीमा सम्पन्न संगठनको अधिवेशनले नयाँ नेतृत्वको चयन गरेको हो।
जसको उपाध्यक्षमा गणेशपन्थी, उपाध्यक्ष महिलामा गुन्जेश्वरी चौधरी, सचिवमा अमृत भुसाल, सहसचिवमा भीमबहादुर चौधरी, कोषाध्यक्षमा कमल महत र सदस्यहरूमा क्रमश याम अर्याल, यवदेव न्यौपाने, मुना भण्डारी, सपना शर्मा, लन्लन कुर्मी, सुरज चौधरी, अर्जुन तेली, गोवर्धन चौधरी सर्वसम्मत निर्वाचित हुनुभएको छ।
संगठनका जिल्ला अध्यक्ष विष्णुप्रसाद ढकालको अध्यक्षता र संगठनका केन्द्रीय उपाध्यक्ष तथा लुम्बिनी प्रदेश इन्चार्ज दधिराम मरासिनीको प्रमुख आतिथ्यमा अधिवेशन सम्पन्न भएको हो।
सो अवसरमा बोल्दै उपाध्यक्ष मरासिनीले निजामती कर्मचारीले जनताको काम अझ छिटोछरितो गर्न आग्रह गर्नुभएको छ। उहाँले केही कर्मचारीका कारण सिङ्गो निजामती कर्मचारी संयन्त्र बदनाम भएको बताउनुभयो।
कार्यक्रममा संगठनका सचिवालय सदस्य दीपक शर्मा पौडेल, रूपन्देही इन्चार्ज नारायण भण्डारी, नेकपा एमाले नवलपरासीका सचिव धीरज शर्मा बस्याल, सरावल गाउँपालिकाका अध्यक्ष सुखाडी प्रसाद चौधरी, नेपाल पत्रकार महासङ्घ नवलपरासीका अध्यक्ष केशव पराजुली, पेशागत महासङ्घ लुम्बिनी प्रदेशका कोषाध्यक्ष राजेन्द्र क्षेत्री, संगठनका जिल्ला उपाध्यक्ष सुरेश पन्थी लगायतले शुभकामना व्यक्त गर्नुभएको छ।