इटहरी । नेपाल जेसिजको इतिहासमा विगत २७ वर्ष पछाडि पुनः महिला नेतृत्व आएको छ। नेपाल जेसिजको ५१ औँ राष्ट्रिय महाधिवेशनबाट रजनी थापा राष्ट्रिय अध्यक्षमा निर्वाचित हुनुभएको हो।
इटहरी जेसिजको आतिथ्यमा सम्पन्न ५१ औँ राष्ट्रिय महाधिवेशनबाट मनोहरा जेसिजको प्रस्तुतिको रुपमा रहनुभएकी थापा नेपाल जेसिजको राष्ट्रिय अध्यक्षमा निर्वाचित हुनुभएको हो । थापाको प्रतिस्पर्धामा रामेछाप जेसिजका जीवन कार्की रहनुभएको थियो। थापाले ७६२ मत ल्याउँदा कार्कीले ४५३ मत प्राप्त गर्नुभएको छ। कुल ३०९ मतको अन्तरमा रजनी थापाले जित निकाल्नुभएको बताइएको छ ।
देशभरका १५० भन्दा बढी शाखाहरूबाट गएका प्रतिनिधिहरूले निर्वाचनमा सहभागी भएका थिए । थापा सन् २०२५ का लागि नेपाल जेसिजको अध्यक्ष बन्नुभएको छ।
यस्तै नेपाल जेसिजको कार्यकारिणी उपाध्यक्षमा चारजना निर्वाचित भएका छन । निर्वाचित हुनेमा गणेश सापकोटा, एलिना महर्जन, कृष्ण सापकोटा र सौरभ श्रेष्ठ छन् ।
यस्तै नेपाल जेसिजका १२ जना उपाध्यक्षमा क्रमश सन्दिप खत्री, दीपक अधिकारी, धनराज कण्डेल, सुजन थापा काजी, संगम कार्की, बबिता पाण्डे, अभिषेक दुलाल, सुमित्रा भट्टराई, उज्ज्वल कावारा, सुवास गौतम, राघव कोइराला र मणिप्रसाद अर्याल निर्वाचित भएका हुन् ।
नेपाल जेसिज वर्ष २०२५ को लागि १७ सदस्य सञ्चालक समिति निर्वाचित भएको छ भने निवर्तमान अध्यक्ष सञ्चालक समितिमा रहने व्यवस्था छ ।
