नेपाल पत्रकार महासङ्घ नवलपरासीको नवनिर्वाचित कार्यसमितिलाई आज पद हस्तान्तरण कार्यक्रम गरिएको छ ।
महासंघका जिल्ला अध्यक्ष हरि शर्माको अध्यक्षता र सङ्घीय सांसद धुर्वबहादुर प्रधानको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको हो। सो अवसरमा पूर्वमन्त्री प्रधानले जनप्रतिनिधिहरूप्रति गरिएको नैरास्य पूर्ण व्यवहारले समाजमा अराजकता बढ्दै गएको बताउनुभयो। । उहाँले आफैले निर्वाचित गरेका जनप्रतिनिधिहरूप्रति बढ्दो निराशाले सकारात्मक सन्देश नजाने बताउनुभयो। पूर्वमन्त्री प्रधानले सबैले आफ्नो कर्तव्य पालना गर्न प्रतिबद्ध हुनुपर्नेमा जोड दिनुभएको छ ।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष केशव पराजुली र उहाँको नेतृत्वमा बनेको सञ्चालक समितिलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराइएको छ । सपथ ग्रहण नेपाल बार एसोसिएसन नवलपरासी अध्यक्ष एवं वरिष्ठ अधिवक्ता धनशर्मा जैसीले गराउनु भएको हो । शपथसँगै निवर्तमान अध्यक्ष हरि शर्माले नवनिर्वाचित अध्यक्ष केशव पराजुलीलाई पद हस्तान्तरण गर्नुभएको छ।
लुम्बिनी प्रदेशका सांसद एवं पूर्वमन्त्री खड्ग बस्नेत, सांसद बैजनाथ जयसवाल, जिल्ला समन्वय समिति नवलपरासीका संयोजक भगौती यादव रुदल, रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादव, प्रेस चौतारी नेपाल नवलपरासीका अध्यक्ष मेघराज गौतम, नवलपरासीको पहिलो महिला पत्रकार शान्ता भण्डारी, प्रेस सेन्टरका केन्द्रीय कमिटीका सदस्य गोपी ज्ञवाली, निवर्तमान उपाध्यक्ष मालती न्यौपाने, सचिव राजकुमार रेश्मी, वर्तमान सचिव अनिल यादव लगायतले नवनिर्वाचित समितिलाई बधाई एवं शुभकामना व्यक्त गर्नुभएको थियो।
यस अघि मंसिर २८ गते महासंघको जिल्ला नेतृत्वको लागि निर्वाचन भएको हो । निर्वाचनले १५ सदस्यीय कार्यसमिति निवार्चन गरेको छ ।