नेपाल पत्रकार महासंघ नवलपरासीको अध्यक्ष पदमा केशव पराजुली विजयी हुनु भएको छ । महासंघको सम्पन्न निर्वाचनमा पराजुलीको यो दोश्रो कार्यकाल हो । उहाँ प्रेस चौतारी नेपालमा आबद्ध हुनुहुन्छ । निर्वाचनमा प्रेस युनियनका पुरुषोत्तम सुवेदीलाई १ मतको अन्तरमा पराजित गर्नु भएको हो । सुवेदीले १५ मत ल्याउँदा पराजुलीको १६ मत प्राप्त गर्नु भयो ।
अध्यक्ष पराजुलीले २०४५ सालदेखि नै पत्रकारिता गर्दै आउनुभएको हो। दैनिक लुम्बिनी, सामुदायिक रेडियो परासी र परासी पत्र साप्ताहिक लगायतका थुप्रै सञ्चार माध्यममा काम गरिसक्नुभएको छ।
यस्तै उपाध्यक्षमा विकास अधिकारी विजयी हुनुभयो । अधिकारीले १९ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी प्रकाश न्यौपानेले १८ मत प्राप्त गर्नु भएको छ । अधिकारी सामुदायिक रेडियो परासी ९० दशमलव २ मेगाहर्जका स्टेसन म्यानेजर हुनुहुन्छ भने नवलप्रासीबाट नेपाल टेलिभिजनको रिपोर्टर रहनुभएको छ । उपाध्याक्ष (महिला)मा उर्मिला यादव विजयी हुनु भएको छ । यादवले २२ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी विष्णु खनालले १५ मत प्राप्त गर्नु भयो ।
यस्तै सचिवमा अनिल यादव विजयी हुनु भएको छ । यादवले २५ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी मोहन पौडेलले ११ मत प्राप्त गर्नु भयो । यसैगरी सहसचिवमा इन्द्रकुमार रेग्मी विजयी हुनु भयो । रेग्मीले २० मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी प्रदिप पाठकले १६ मत प्राप्त गर्नु भयो । सहसचिव(समावेशी)मा सद्दाम हुसेन अन्सारी विजयी हुनु भएको छ, हुसेनले २५ मत प्राप्त गर्दा गौरीशंकर जयसवालले ११ मत प्राप्त गर्नु भयो ।
यसअघि महासंघको कोषाध्यक्षमा श्याम बुचा मगर सर्वसम्मत निर्वाचित हुनु भएको थियो । यस्तै सदस्यहरुमा दिपक खनाल ३१ मत, संजिव कोइराला ३० मत, पप्पु रेग्मी २८ मत र मुक्तिनाथ तिवारी २२ मतका साथ विजयी भएका छन् । यस्तै सदस्य (महिला)मा गिता भट्टराई, सदस्य(समावेशी)मा राज चौधरी, सदस्य(दलित)मा उमेश वि.क यसअघि नै सर्वसम्मत हुनु भएको थियो । महासंघको निर्वाचनमा सदस्य(मधेशी)कोटामा कसैको पनि उम्मेदवारी नपरेका कारण १ सदस्य पद खाली रहेको निर्वाचन समितिले जनाएको छ ।
महासंघको केन्द्रीय पार्सदमा पूर्व सभापति हरि शर्मा र लुम्बिनी पार्सदमा पूर्व सभापति टिकाराम गैरे पनि सर्वसम्मत हुनु भएको निर्वाचन समितिका संयोजक ताराचन्द्र वर्माले नेपाली चेलीलाई जानकारी दिनु भयो ।