- संस्थाको भविश्व सधै असल नेतृत्वको हातमा हुन्छ ।
- संस्थाको यहि मंसिर २९ गते हुने निर्वाचनमा मैले आफू नेतृत्वमा रहँदा गरेका काम र आगामी दिनमा पुनः नेतृत्व गर्न पाउँदा गर्ने केही महत्वपूर्ण र गर्ने पर्ने कामको प्रतिवद्धता समेत जाहेर गरेको छु ।
परासी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको नयाँ निर्वाचन यहि मंसिर २९ गते हुँदैछ । २०३९ सालमा आयोजना सुरु भई २०४३ सालमा सम्पन्न भएको खानेपानी आयोजनाले अहिले ३८ बर्ष पुरा गरेको छ । स्थापना कालका अध्यक्ष स्व.शिवपूजन गुप्ता, दिनेशकुमार उपाध्याय, रामबृक्ष यादव र खगेश्वर पन्थी गरी हालसम्म ४ जना अध्यक्षहरुले खानेपानीको नेतृत्व गर्नु भएको छ ।
स्थापना कालमा रामग्राम नगरपालिका वडा नं. १ मा २२५ घनमिटर क्षमताको ओभरहेड ट्याँकी र अहिले रामग्राम ६ पोखरापालीको उत्तर तर्फको शिवालय मन्दिर नजिकै ४५० घनमिटर क्षमताको ओभरहेड ट्याँकीबाट एकै साथ पानी वितरण भइरहेको छ । २०३९ सालमा ३५० घरधुरी, २०५३ मा ९१५ घरधुरी र अहिले २०८१ मा १८ सय ७० उपभोक्ताहरुका बीच खानेपानी संस्थाले सेवा पु¥याइरहेको छ । रामग्राम नगरपालिकाका ८ वटा वडाहरु (१,२,३,४,५,६१० र १२) मा आयोजनाले खानेपानी सेवा उपलब्ध गराएको छ ।
स्थापनाकालका अध्यक्ष एवं त्यसपछि बनेको सञ्चालक समितिले गरेको अथक परिश्रम र सोंचबाट स्थापित खानेपानी संस्थाको नेतृत्व मैले २०७६ सालमा गरेको हुँ । उपभोक्ताहरुले विश्वास गरेर मैले संस्थाको विगत ५ बर्षदेखि नेतृत्व गरिहेको छु । ग्रामीण परिवेश, पानीको श्रोतको कमी, आर्थिक अभाव, नेतृत्वको अभाव, लाखौं बाकि वक्यौता, गुणस्तर खानेपानीको पहुँच पुर्याउन नसकिने चुनौतीका बीच मैले नेतृत्व सम्हालेको थिए ।
खानेपानी र सरसफाईको क्षेत्रमा मेरो लामो अनुभव, नगरवासीलाई शुद्ध र प्रयाप्त खानेपानी पुर्याउने अठोटका साथ मैले गएको पाँच बर्षमा थुप्रै काम गरेको छु । लक्षित क्षेत्रभित्रका उपभोक्तामा पानीको पहुँच पुर्याउन आफ्नो उमेर, स्वास्थ, परिवार केही नभनि दिन होस वा रातमा काम गरेको उपभोक्तामा सर्वविदितै छ ।
गएको पाँच बर्षमा मेरो नेतृत्वमा भएका महत्वपूर्ण कार्यहरुः
- पोखरापालीमा थप २ वटा डिप बोरिङ्ग र परासीमा थप १ वटा बोरिङ्ग सफलतापूर्वक सम्पन्न गरेको ।
- खानेपानी तान्ने लोरिङ्ग प्लेट पोखरापानीमा २ वटा र परासीमा १ वटा निर्माण गरेको ।
- कार्यालय व्यवस्थापनका लागि १ कोठा थप गरेको ।
- पोखरापालिमा रहेको बोरिङ्ग कार्यालयमा १ वटा वोरिङ्ग र चर्पि (सफ्टि ट्याँङ्कि सहित निर्माण ।
- १० हजार ३१ मिटर खानेपानीको पाइप लाईन विस्तार गरेको (पश्चिममा अैचावल चोकसम्म र पूर्वमा रामग्राम १२ कारागार सम्म र पूर्वतर्फ नै उनवचसम्म, दक्षिण तर्फ बाईपास घोडपानी चोकसम्म र उत्तरमा वडा नं. १ को जिल्लासहकारी संघको सचिवालय सम्म)
- उपभोक्ताबाट उठ्न वाँकी लाखौ रकम उठाएर बैंकमा जम्मा गरेको ।
- संस्थाको लेखा र पानीको विल सफ्टवेयर प्रणालीबाट सञ्चालन गरेको ।
- कार्यालयमा १ जना व्यवस्थापकको नियुक्ती गरेको ।
- प्रत्येक बर्ष खानेपानी तथा सरसफाई सप्ताहमा विशेष कार्यक्रम संचालन गरिएको ।
आगामी दिनमा मेरो नेतृत्वमा गर्ने कामको प्रतिवद्धता
- रामग्राम २ स्थित पुरानो बैंकदेखि सडकको दायाँबायाँ मस्जिदसम्म आवश्यक साइजका नयाँ पाइप विस्तार गरिने ।
- रामग्राम ३ स्थित हरि सुशील आधारभूत विद्यालयदेखि घोडपाली गाउँसम्म सडकको दायाँबायाँ गाउँको दक्षिण र पश्चिमतर्फ रामखण्डा पुलसम्म आवश्यक साइजका नयाँ पाइप विस्तार गरिने ।
- रामग्राम १० मञ्जरिया चोकदेखि पूर्वतर्फ सडकको उत्तर साइड हुँदै घोडपाली चोकसम्म आवश्यक साइजका पाइपलाइन विस्तार गरिने ।
- रामग्राम ६ स्थित रक्सहवा जाने चोकदेखि सडकको दायाँबायाँ आवश्यक साइजका पाइपलाइन विस्तार गरिने ।
- वडा नम्बर ३ वाणिज्य बैंकदेखि दूरसञ्चार गेटसम्म पाइपलाइन विस्तार गरिने ।
- आयोजनाको कार्यक्षेत्रभित्रका प्रत्येक घरधुरीमा “एक घर, एक धारा” अभियान सञ्चालन गरी सबै उपभोक्तालाई खानेपानीको पहुँचमा पुर्याउने अभियानलाई तिनै तहका सरकारसँगको समन्वयमा निरन्तरता दिइनेछ।
- संस्थाले वितरण गर्दै आएको खानेपानीलाई थप गुणस्तर र स्वच्छ बनाउन नियमित पानीको जाँचलाई निरन्तरता दिइने ।
- आयोजनाको क्षमता विस्तार, पूर्वाधार निर्माण तथा पाइपलाइन र धारा जडान कार्यलाई थप विस्तार र स्तरीय बनाउन तीनै तहका सरकारसँग आवश्यक पहल गरिनेछ।
- सरसफाई सम्बन्धी सचेतना जगाउन उपभोक्ता संस्थाले आवश्यकता अनुसार जनचेतनामूलक कार्यक्रम समुदाय स्तरमा सञ्चालन गरिनेछ।
- पानीको बक्यौता रकम असुल उपर गरिनेछ भने संस्थालाई २४ सै घण्टा पानीको पहुँच पु¥याउने क्षमता भएको संस्था बनाउन पहल गरिनेछ ।
संस्थाको यहि मंसिर २९ गते हुने निर्वाचनमा मैले आफू नेतृत्वमा रहँदा गरेका काम र आगामी दिनमा पुनः नेतृत्व गर्न पाउँदा गर्ने केही महत्वपूर्ण र गर्ने पर्ने कामको प्रतिवद्धता समेत जाहेर गरेको छु । संस्थाको भविश्व सधै असल नेतृत्वको हातमा हुन्छ भने झै अब बन्ने सक्षम नेतृत्वले नै परासी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको नेतृत्व गर्नेमा म विश्वस्थ छु । त्यसैले साथ र सहयोगका लागि अपिल पनि व्यक्त गर्दछु ।
धन्यवाद ।