परासी । “ढिलो गए अवश्य पुगिन्छ, चाँडो गए भन्न सकिन्न” भन्ने रेडियो जिङ्गल त रेडियो परासीले दैनिक जसो प्रसारण गर्ने गरेकै थियो तर आज सुनवलमा त्यो व्यवहारमै देखाएर ट्राफिक सचेतनाको सारथी नै बनेको छ ।
चालकले सन्तुलन, नियन्त्रण, संयम र कौशल प्रदर्शन गर्ने “ स्लो मोटरसाईकल रेस २०८१” प्रतियोगिता सामुदायिक रेडियो परासी ९०.२ मेगाहर्जले आफ्नो १७ बार्षिकोत्सवको अवसरमा सम्पन्न गरेको हो ।
नवलपरासी जिल्लाका विभिन्न क्षेत्रबाट ८० जनाले स्लो मोटरसाईकल रेस प्रतियोगितामा सहभागीता जनाएका थिए । पहिलो ८ राउण्डबाट छनोट भएका ८ जनालाई फाईनल राउण्डमा प्रतिस्पर्धाकालागि मौका दिइएको हो । जसमा सुनवल नगरपालिका वडा नं. १३ का धर्मेन्द्र चौधरी प्रथम हुन सफल हुनु भयो । यस्तै सरावल गाउँपालिका वडा नं. १ का जोगेन्द्र चौधरी द्वितीय हुनु भयो भने रामग्राम नगरपालिका वडा नं. ५ का सन्जु थापाले तृतीय स्थान हासिल गर्नु भएको हो ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीयलाई क्रमशः १० हजार ७ हजार र ४ हजार नगद र प्रमाण पत्र प्रदान गरिएको छ । प्रतियोगितामा बजाज अटो व्रmाफ्टले मूख्य स्पोन्सर गरेको थियो ।
सामुदायिक रेडियो परासी ९०.२ मेगाहर्जका अध्यक्ष राजकुमार रेश्मीको अध्यक्षता र लुम्बिनी प्रदेश सभाका साँसद एवं पूर्व मन्त्री खड्ग वस्नेतको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको हो । सो अवसरमा नवलपरासी जिल्लाका प्रमुख जिल्ला अधिकारी स्कीम श्रेष्ठ, सामुदायिक रेडियो परासीका सस्थापक अध्यक्ष सुमन गोपाल आचार्य र स्टेशन म्यानेजर विकास अधिकारीलगायतले ट्राफिक सचेतनाको विषयमा बोल्नु भएको थियो ।
कार्यक्रम सुनवल नगरपालिका वडा नं. १३, बडेराको सहिद स्मृती रङ्गशालामा गरिएको हो ।