परासी । नवलपरासीको सुनवलमा रहेको महाकवि देवकोटा क्याम्पसमा दक्ष जनशक्तिको खोजि गरिएको छ । नवलपरासीमा सञ्चालित लक्ष्मी स्टील, सिजि ग्रुप, एलसेल, कजरिया टायल्स लगायतका ३० वढी कम्पनी र उद्योगहरुले उद्योगकालागि दक्ष जनशक्तिको खोजि गरेका छन् ।
महाकवि देवकोटा क्याम्पस सुनवलले आइतबार रोजगार मेलाको आयोजना गरी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई स्वरोजगारको अवसर सृजना गरेको हो । आज क्याम्पसमा स्नातक र स्नाकोत्तर अध्ययन गर्ने ५० जना विद्यार्थीहरुलाई अन्तरवार्ताको अवसर प्रदान गरिएको छ ।
क्याम्पसमा अध्ययन पुरा गरेका र अध्ययनरत विद्यार्थीहरुलाई रोजगारको अवसर सृजना गर्ने उद्देश्यले रोजगार मेला गरिएको क्याम्पसका अध्यक्ष कृष्ण लामिछानेले जानकारी दिनु भयो ।
सो अवसरमा लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री देवकरण कलवारले अध्ययन पुरा गरेका विद्यार्थीहरुलाई रोजगारको अवसर सृजना गर्ने काम गरेकोमा खुसी व्यक्त गर्नु भयो । उहाँले देशभरका अन्य क्याम्पसहरुले पनि देवकोटाको नमूना कामको सिको गर्नु पर्नेमा जोडदिनु भयो ।
कार्यक्रममा लुम्बिनी प्रदेशका साँसद एवं पूर्व मन्त्री खड्ग वस्नेतले देशमा बेरोजगारी किन भयो भनेर त्यसको कारण खोज्नु पर्नेमा जोड दिनु भयो । कार्यक्रममा सुनवल नगरपालिकाका नगरउपप्रमुख सूर्य दुबे, सुनवल नगरपालिकाका पूर्व नगर प्रमुख भिमवहादुर थापा, उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य केशव भण्डारीले शुभकामना व्यक्त गर्नु भएको छ ।
यस्तै कार्यक्रममा रोजगारदाता कम्पनीहरुको तर्फबाट डार्सिज होटलका अपरेशन म्यानेजर गणराज मगर, लक्ष्मी स्टील प्रा.लीका प्रवन्धक दामोदर पौडेलले प्रतिस्पर्धाको युगमा क्याम्पसले विद्यार्थीहरुलाई रोजगारीको अवसर प्रदान गर्न रोजगार मेला लगाउनु सराहनीय काम भएको बताउनु भयो ।
रोजगार मेलामा वडा नं. ४ का अध्यक्ष बालकृष्ण पंगेनी, कार्यक्रम संयोजक एवं प्राध्यापक विकास आचार्य र विकास राना लगायतले कार्यक्रमको औचित्यको बारेमा प्रकाश पार्नु भएको क्याम्पसका प्राध्यापक हरिदत्त शर्माले जानकारी दिनु भयो ।