सुनवल । जनउदय सामुदायिक वन उपभोक्ता समूहको १२ औं साधारण सभा र छैठौ अधिवेशन कार्तिक १० गते सकिएसँगै समूहले आज मंगलबार पहिलो बैठक सम्पन्न गरेको छ । सामुदायिक वनका नव निर्वाचित अध्यक्ष बीर वहादुर सुनारको अध्यक्षतामा बसेको बैठकले विभिन्न निर्णयहरु गरेको छ ।
समूहको पहिलो बैठकले वनक्षेत्रको झाडि सरसफाई र रुख छपान गर्न डिभिजन वन कार्यालयसँग प्राविधिक सहयोग माग्ने निर्णय गरेको छ । बैठकले कार्तिक मसान्तसम्म वन समूहको उपभोक्ता बन्ने सदस्यबाट ३ हजार र त्यसपछि सदस्य बन्ने उपभोक्ताबाट ५ हजार शुल्क लगाएको छ भने विपन्न उपभोक्ता सदस्य बन्न एक सय शुल्क निर्धारण गरिएको अध्यक्ष सुनारले जानकारी दिनु भयो ।
त्यसअघि कार्तिक १० गते सम्पन्न छैठौ अधिवेशनले १५ सदस्यीय उपभोक्ता समिति निर्वाचित गरेको थियो । जसको उपाध्यक्षमा रंजिता बुढाथोकी, सचिवमा माया पुन, कोषाध्यक्षमा खुबि गुुरुङ्ग, सहसचिवमा खेम बहादुर गुरुङ्ग निर्वाचित हुनु भएको हो । यस्तै सदस्यहरुमा क्रमशः राजु गुरुङ्ग, पूर्णकुमारी मल्ल, कमल बुढाथोकी, लक्ष्मी पाण्डे, सरस्वती मल्ल, खेमराज सुवेदी, कुन्ति केवट, असर्फि चमार, जुनु थापा र अजय यादव निर्वाचित हुनु भएको हो ।
यस्तै छैठौ अधिवेशनले लेखा समितिको अध्यक्षमा बद्रीमान श्रेष्ठ र सदस्यहरुमा इन्द्रकुमार गुरुङ्ग र सारीका थापालाई चयन गरेको छ ।