बुधबार । मानवअधिकार तथा शान्ति समाज रुपन्देहीले ७९ औँ राष्ट्रसंघ स्थापना दिवसका अवसरमा युद्ध निषेधको लागि बिहिवार प्रदर्शन गरेको छ । प्रदर्शन कार्यक्रम समाजका सभापति अर्जुन ज्ञवालीको अध्यक्षतामा भएकाे हाे । साे अवसरमा जिल्ला सभापति ज्ञवालीले समाज, देश र विश्वमा शान्ति र अहिंसा कायम गर्ने हरेक प्रकारका युद्ध निषेध गर्न माग गर्नुभएको थियो।
कार्यक्रमका मानवअधिकार तथा शान्ति समाजका पुर्व केन्द्रीय सभापति गोविन्द खनालले विश्वभरि भएका युद्ध अविलम्ब अन्त्य हुनुपर्ने बताउनु भयो । पूर्व सभापति खनालले युद्धका बाछिटाले कुनै पनि मानव अस्तित्व र मानवबस्तिहरुमा असर गर्नु जगन्य अपराध भएको औल्याउनु भयो ।
नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव विक्रम खड्काले मानवअधिकारको एजेन्डामा पत्रकारहरु शान्ति समाजको सदैव साथमा रहेकोे बताउनुभयो । पुर्व सभापति हरिश ढकालले शान्तिको विकल्प हुनै नसक्ने उल्लेख्य गर्नु भयो । कार्यक्रममा निबर्तमान सभापति खिम प्रसाद भट्टराईले शान्ति समाजको अभियान युद्ध निषेध र शान्ति रहेको बताउनु भयो।
प्रदर्शनमा इजरायली बर्बरताः विश्व शान्तिका लागि खतरा, हमास र हिजबुल्लाहको आतंकः विश्व शान्तिका लागि खतरा, इजरायली बर्बरताः मानवता विरुद्धको अपराध हो, राष्ट्रसंघः विश्वलाई युद्धको विभीषिकाबाट बचाउने दृढता खोइ?, राष्ट्रसंघ शक्ति राष्ट्रका अगाडि लाचार किन?, मानव जातिको अस्तित्वका लागि युद्ध रहित विश्व आवश्यक, रुसः तत्काल युद्ध अन्त्य गर, अमेरिकाः इजरायली बर्बरतालाई समर्थन गर्न बन्द गर , राष्ट्रसंघ बडापत्रको प्रस्तावनाः युद्ध विहिन विश्वको परिकल्पना, इजरायलः विद्यालय माथिको आक्रमण बन्द गर , इजरायलः शान्ति सेनामाथि आक्रमण बन्द गर जस्ता नारा लगाएर प्रशर्दन गरिएको थियाे ।