परासी । नेपाल घरेलु तथा साना उद्योग महासंघ, सरावल गाउँपालिका संघको दोश्रो गाउँ अधिवेशन मंगलबार सम्पन्न भएको छ । संघका अध्यक्ष जन्मेजय यादवको अध्यक्षता र सरावल गाउँपालिकाका अध्यक्ष सुखाडि प्रसाद चौधरीको प्रमुख आतिथ्यमा अधिवेशन सम्पन्न भएको हो ।
सम्पन्न अधिवेशनले जन्मेजय यादवकै अध्यक्षतामा ९ सदस्यीय समिति सर्वसम्मत चयन गरेको छ । जसको बरिष्ठ उपाध्यक्षमा देशवन्धु यादव, उपाध्यक्षमा सन्दीप प्रजापती, महासचिवमा उमेश वि.क, कोषाध्यक्षमा जाहिर खाँन पठान, सदस्यहरुमा क्रमशः धर्मराज चौधरी, शुभाष गुप्ता, इन्दल यादव र महेश यादवलाई सर्वसम्मत चयन गरिएको हो ।
यस्तै घरेलु महासंघ महिला उद्यमी समितिको अध्यक्षमा सरस्वती कुमारी चौधरी सर्वसम्मत चयन हुनु भएको छ । जसको बरिष्ठ उपाध्यक्षमा आशादेवी चौधरी, महासचिवमा बासमती कुमारी चौधरी, कोषाध्यक्षमा राधिका चौधरी र सदस्यमा क्रमशः पार्वती कोइरी, ओमकला वि.क र शुशिला चौधरी सर्वसम्मत चयन हुनु भएको छ ।
सर्वसम्मत चयन भएका दुईवटै समितिहरुलाई बधाई एवं शुभकामना व्यक्त गर्दै सरावल गाउँपालिकाका अध्यक्ष सुखाडि प्रसाद चौधरीले पालिकासँग हातेमालो गरेर काम गर्न आग्रह गर्नु भयो । उहाँले स्थानीय स्तरमा रहेका जतिपनि परंपरागत सीपहरु छन् त्यसको सम्बद्धन र विकासकोलागि गाउँपालिकाले योजना बनाएर उद्यमीमार्फत संचालन गर्ने बताउनु भयो । अध्यक्ष चौधरीले गाउँपालिका भित्र सिकाई केन्द्र निर्माण गर्ने र सरावलको उत्पादन प्रवद्र्धन गर्न सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।
सम्पन्न दोश्रो अधिवेशनमा सरावल गाउँपालिकाकी उपाध्यक्ष बास्मती हरिजन घरेलु महासंघ नवलपरासीका अध्यक्ष मेघराज गौतम, महिला समितिकी जिल्ला अध्यक्ष निसा पराजुली, जिल्ला सदस्य देवेन्द्र चौधरी, उद्योग वाणिज्य संघ सरावलका अध्यक्ष सुशान्त शर्मा घिमिरे लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो ।