परासी । नेपाल घरेलु तथा साना उद्योग महासंघ, सुनवल नगर संघको बार्षिक साधारण सभा तथा दोश्रो नगर अधिवेशन शनिवार सम्पन्न भएको छ । नगर संघका अध्यक्ष प्रेमप्रसाद भुषालको अध्यक्षता र सुनवल नगरपालिकाका नगरप्रमुख विमला अर्यालको प्रमुख आतिथ्यमा नगर अधिवेशन सम्पन्न भएको हो ।
दोश्रो नगर अधिवेशनले वनमा आधारित बेलजुस उद्यमी धनप्रसाद तिवारीको अध्यक्षतामा १३ सदस्यीय नगर समिति सर्वसम्मत चयन गरेको छ । जसको बरिष्ठ उपाध्यक्षमा टेकप्रसाद न्यौपाने, उपाध्यक्षमा दिपक पौडेल, महासचिवमा सन्तोष रसाइली, कोषाध्यक्षमा जयलाल शर्मा, सदस्यहरुमा क्रमशः महेश परियार, सुदेश जि.सी, कृष्णनाथ कँवर, प्रेमकुमारी बास्तोला, अस्मिता दाहाल, विमला खरेल र पुस्तिका पुन लाई सर्वसम्मत चयन गरिएको हो ।
यस्तै घरेलु महासंघ महिला उद्यमी समितिको अध्यक्षमा मीना नेपाली सर्वसम्मत चयन हुनु भएको छ । जसको बरिष्ठ उपाध्यक्षमा लक्ष्मी भट्टराई गौतम, उपाध्यक्षमा सरस्वती मल्ल, महासचिवमा लक्ष्मी भट्टराई, कोषाध्यक्षमा चन्दा गुरुङ्ग र सदस्यमा विष्णु कार्की सर्वसम्मत चयन हुनु भएको छ ।
सर्वसम्मत चयन भएका दुईवटै समितिहरुलाई बधाई एवं शुभकामना व्यक्त गर्दै सुनवल नगरपालिकाकी नगरप्रमुख अर्यालले पालिकासँग हातेमालो गरेर काम गर्न आग्रह गर्नु भयो । नगरप्रमुख अर्यालले सुनवल नगरपालिकाले महिलाहरुमा उद्यमशिलता विकास गर्न बार्षिक करोडौ रकम खर्च गरिएकोले महिलाहरुलाई व्यवसायी बन्न आग्रह गर्नु भयो ।
सम्पन्न अधिवेशन अघि साधारण सभामा घरेलु महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष उमानाथ पोख्रेल, केन्द्रीय महिला उद्यमी समितिकी उपाध्यक्ष तारा आचार्य, खानेपानी उपभोक्ता महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष थानप्रसाद गैर, घरेलु महासंघ नवलपरासीका अध्यक्ष मेघराज गौतम, महिला समितिकी जिल्ला अध्यक्ष निसा पराजुली, वडा नं. १ का अध्यक्ष मानवहादुर थापा, वडा नं. ६ का अध्यक्ष दिलिप चापागाईं, महासंघका गणेश गैरे लगायतले बोल्नु भएको थियो ।