परासी । पाल्हीनन्दन गाउँपालिका वडा न. ४ लोहोरौलीमा स्थायी वसोबास गर्ने ६९ बर्षिय राजकुमारदास पटनवार ३६ बर्षे जागिरे जीवन विताएका एक पूर्व कर्मचारी हुनु हुन्छ । वि.सं.२०७१ सालमा रिटायर्ड भएको बताउने पटनवार अहिले भने असक्त भई घरमै थलिनु भएको छ । पूर्व गाविस सचिव पटनवार नवलपरासीमा तत्कालिन गाविस सचिवहरुमा अब्बल मानिनु हुन्थ्यो ।
मिठो बोली, मिलनसार, समाज सेवा र मानवताको सेवामा विश्वास गर्ने उहाँ जहिले पनि सकारात्मक भावका साथ प्रस्तुत हुने गर्नु हुुन्छ । जागिरे जीवनबाट रिटायर्ड भएको ३ बर्ष नवित्दै उहाँ सडक दुर्घटनामा पर्नु भयो । सडक दुर्घटनाबाट उहाँको मेरुदण्डको हड्डी(स्पाइनल कड) भाँचिएर समस्यामा पर्नु भएको पनि ८ बर्ष भएको छ । "विछौनामै थिए कहिले काँही बैखासीले हिंडडुल गरेको छु, रोटरी क्लवले ह्वील चियर दिएर मलाई ठूलो गुन लगाएको छ", राजकुमार भन्नु हुन्छ ।
"श्रीमति, २ छोराहरुको सानो परिवार मेरो रिटायर्ड जीवन मज्जाले चेलेकै थियो, दैव लाग्यो थला परेको छु, राज्यले त संझिएन, पालिका सरकार पनि छ तर रोटरीले मलाई ठूलो उपहार दिएर उपकार गरेको छ", म जस्ता दुखियालाई सहयोग गर्ने रोटरी रहेछ, भन्दै उहाँले आँखा भरि आँसू राख्दै आँसु खुसीले भरिएको बताउनु भयो ।
"नेपाल, इन्डिया र अन्य विभिन्न ठाउँमा देखाए, डाक्टर साहेवहरुले निको हुने रोग हैन भन्छन्, अपांग भएर घरमै बसेको ८ बर्ष भयो, अझै हिम्मत त हारेको छैन"- उहाँ भन्नु हुन्छ ।
रोटरी क्लव अफ नवलपरासीले जिल्लामा अपांगता भएका व्यक्तिहरुलाई यस अघि पनि ह्वील चियर वितरण गर्दै आएको क्लवका अध्यक्ष सुनिल कसौधनले जानकारी दिनु भयो ।