नेपाल प्राकृतिक एवं सामाजिक सुन्दरताले भरिएका स्वतन्त्र र सार्वभौम राष्ट्र हो । विभिन्न भाषाभाषि, जातजाति धार्मिक र संस्कृति मान्ने समुदायका मानिसहरुको बसोबास रहेको छ । जसमा झण्डै ६० वटा आदिवासी जनजातिहरुको बसोबास रहेको छ भने नेपालमा ६.३ प्रतिशत जनसंख्या थारु जातिजातिको रहेको छ ।
थारु जातीको आफ्नै धर्म, संस्कृति, पहिरन, रहनसहन, भेषभुषा, रितीरिवाज, पेशा छ । लुम्बिनी प्रदेशमा थारुहरूको जनसंख्या प्रदेशमै तेश्रो स्थानमा रहेका कारण पनि प्रदेशका १२ जिल्ला मध्ये ६ वटा जिल्लालाई वड्की अतवारका दिन सार्वजनिक विदा दिइएको छ । लुम्बिनी प्रदेश सरकारले वड्की अतवारलाई प्राथमिकतामा राखेको छ । वड्की अतवार तराई मधेशमा वस्ने अन्य जातजातिले पनि मनाउने गरेका छन् । तर अन्य जातजातिल मनाएको भएतापनि खास गरी थारु जातीले पहिलेदेखि मनाउँदै आएको विशेष पर्व हो ।
भदौ महिनाको शुल्क पञ्चमीका दिनको पहिलो आइतबारलाई वड्की अतवारका रुपमा मनाउने प्रचलन छ । बडकी अतवारीमा थारु समुदायले भीम भगवानको पूजा गर्छन् भने सूर्यको दर्शन गर्छन् । भीम जस्तै बलवान अर्थात् कहिल्यै पनि कुनै पनि प्रकारको रोग नलागोस् भनेर भीम भगवानको पूजा गर्ने चलन थारु समुदायमा छ । त्यसका साथै यो पर्वमा छोरी चेली, दिदी बहिनी तथा भाञ्जाभाञ्जी बोलाएर चिनी रोटी खाने र खुवाउने वर्षौदेखिको परम्परा छ ।
आजको दिन शुद्ध तरिकाले तयार पारिएको गहुँको पिठोबाट तयार गरिएको सवई र पूडि तथा अन्य परिकार सबै परिवार एक साथमा बसि हसीखुसी खाईपिई साझा खिसा, दोहा, पुलिया, झुमरा नाचगान गरी विभिन्न मनोरन्जन गरी पर्व मनाउने गरिन्छ । बैज्ञानिक मान्यता अनुसार एक वर्षमा एक दिन एकथरी खन्न खाएमा स्वास्थ्यको लागि लाभदायक हुने हुनाने थारूहरूले वड्की अतवारलाई लाभको पर्वको रुपमा लिने गर्दछन् । थारु जातीका अलिखित साहित्यहरू पनि छन् । जस्तैः गाउँखाने कथा गीत, संगित, खिसा बुझौलिया दोहा, सोहर मंगलगारी, पित्तरनेवता, सोरही, साउती, कजरी, बिरहनी, झुपडा इत्यादी जुन अहिले लोप हुने अवस्थामा छन् । यी महत्वपूर्ण अलिखित साहित्यको संरक्षण र सम्वर्द्धन तीनै तहको सरकार र थारु आदिवासीहरुले गर्नु पर्ने देखिएको छ ।
वड्की अतवारीको अवसरमा सबैमा हार्दिक शुभकामना ।