(२०७९ माघ १ गते पोखरामा विमान दुर्घटना हुँदा हृदयविदारक घटना घट्यो, जसबाट ७२ जनाको मृत्यू भयो, देश नै शोकमा डुबेका बेला बरिष्ठ कलाकार मन गोल्डिको आँखा रसाए, मन भरिएर आयो अनि यी कविताका पंतिहरु जुरमुराए, अव शोकलाई शक्तिमा बदलौ )
पिरैमा हो पिरैमा यो जीवन पिरैमा,
सुन्दर जीवन विलाई गयो खोली तिरैमा ।
सयौ सपना चँुडेर गयो पोखरेली भिरैमा,
पिरैमा हो पिरैमा यो जीवन पिरैमा ।।
माघे सक्रान्ती मनाउने कति उत्साह थियो,
परिवार भेटघाट गर्ने कति आशा थियो ।
पोखराको सुन्दरता हेर्ने कति इच्छा थियो,
दैव हरे कति निष्ठुरी, सबै चाहना विलाई दियो ।।
कसलाई के थाहा केही यस्तो हुन्छ भन्ने कुरा,
आँसुको भेल रोकिन्न चल्छ मुटुमा छुरा ।
सोंचेको हरेक कुरा कहिले हुन्छ होला र पुरा,
एउटै चिहान बनाई दियो यति एयर ले पुरा ।।
सुन्दर हिम श्रींखला हेर्ने कति कति चाहना,
पोखरामा गीत सुनाउने कति कति चाहना ।
परिवार भेटघाट भलाकुसारी गर्ने कति चाहना,
दैवले सबै खोसेर लग्यो दुघटिनाको बहाना ।।
शत्रुलाई पनि नहोस यस्तो हुदय विदारक दुर्घटना,
कहि कहिल्यै नहोस् मुटु चुडाउने यस्तो घटना ।
घर घरमा रुवावासी छ स्वब्ध छन सवै आफन्तहरु,
विक्षिप्त छ, गाउँ शहर कसरी भयो है यो दुर्घटना ।।
श्रद्धाञ्जली, श्रद्धाञ्जली, हार्दिक, हार्दिक श्रद्धाञ्जली,
हार्दिक समबेदना, दुखी सम्पूर्णमा जोडी हात अञ्जली ।
स्वर्गमा बास होस यहि छ सवैमा श्रद्धाञ्जली,
मौन समवेदना प्रकट गर्दछु जोडेर हातको अञ्जली ।।
वरिष्ठ कलाकार मन गोल्डी
वर्दघाट, न.पा, जहदा
मितिः २०७९।१०।१