नवलपरासी जिल्लामा अधिकांश भू-भाग कृषि क्षेत्र रहेको छ । कृषि क्षेत्रले कुल भू-भागको ५२.२ % भूभाग ओगटेको ICIMOD, २०२० को प्रकाशित स्रोतले देखाउंछ। वन क्षेत्रले कुल ३२.३ %, बस्ति क्षेत्रले १०.६ %, बाँझो क्षेत्रले २.३ %, वगर क्षेत्रले १.३% र जल क्षेत्रले १.२ % भूभाग ओगटेको देखिन्छ ।
भू-उपयोग
|
क्षेत्रफल ( वर्ग कि. मि. )
|
%
|
जल क्षेत्र
|
८६३
|
१.२
|
घाँसे मैदान, वन क्षेत्र, बुट्यान क्षेत्र कुल
|
२३४६७
|
३२.३
|
कृषि क्षेत्र
|
३७९६२
|
५२.२
|
बाँझो क्षेत्र
|
१६८५
|
२.३
|
बस्ति क्षेत्र
|
७७३५
|
१०.६
|
नदी किनार(बगर क्षेत्र)
|
९८०
|
१.३
|
कुल
|
७२६९२
|
१००%
|
चित्र : नवलपरासी (ब.सु.प) भू-उपयोग नक्शा स्रोत : भू-उपयोग नक्शा, ICIMOD 2019
नवलपरासी जिल्लाको जलवायु तथा मौसम
नवलपरासी (ब.सु.प) नेपालको तराई क्षेत्रमा रहेको छ । यहाँको मौसम र जलवायु १५-५० कि मि पश्चिम तर्फ रहेको भैरहवा सित मिल्दो जुल्दो छ । भैरहवाको अधिकतम तापक्रम ४३.४ डिग्री सेल्सियस र न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस मापन गरिएको छ । यस क्षेत्रको औशत तापक्रम ३१ डिग्री सेल्सियस मापन गरिएको छ । यस क्षेत्रको औशत बार्षिक वर्षा ११७४ मि.मि. रहेको छ र अधिकांश वर्षा मनसुन सिजनमा हुने गर्दछ ।(स्रोत : जल तथा मौसम विभाग, बबरमहल )
भू-बनोट
नवलपरासी (ब.सु.प)को भूबनोट अनुशारको भू-गर्व रहेको छ । जिल्ला को मुख्य भू-बनोट समथर रहेको छ भने चुरे पहाडका निम्न देखि उच्च स्लोपका क्षेत्र समेत रहेका छन् । तलको चित्रले जिल्लाको भू-बनोट देखाएको छ ।
- LP= plain, LF=low gradient footslope, LV=valley floor , TH= high gradient hill
- चित्र : नवलपरासी (ब.सु.प) भू-बनोट नक्शा स्रोत : ICIMOD, 2019
नदी नाला तथा जल स्रोत
यस जिल्लामा प्रायजसो चुरे क्षेत्रबाट सिर्जना हुने खोलाहरु रहेका छ । जिल्लाको पूर्वी दक्षिण सिमानामा गण्डकी नदीको सिंचाई प्रणाली समेत रहेको छ । यस जिल्ला का मुख्य नदी/खोला हरुमा नारायणी नदी, भलुही खोला, सोमनाथ खोला, तुरिया खोला, रहका छन् । जिल्ला भित्रको नदी/खोला प्रणाली तलको चित्रमा देखाइएको छ ।
चित्र : नवलपरासी (ब.सु.प) जलसंचार नक्शा स्रोत : ICIMOD, 2019
४.२ सामाजिक -आर्थिक वातावरण
आर्थिक वर्ष २०८०-८१को विभिन्न समयमन परिक्षण गरिएको खोलाको पानीमा देहाय बमोजम गुणस्तर रहको पाइएको छ ।
घरधुरी र स्वामित्वको प्रकार
नवलपरासी (ब.सु.प) जिल्लामा रहेका कुल ३८६८६८ जनसंख्या ८२७०९ घरधुरीमा बसोबास गर्दछन् ।नवलपरासी (ब.सु.प) जिल्लामा रहेका कुल ८२७०९ घरधुरीमध्ये आफ्नै घर भएका घरधुरी ७७५१८ रहेका छन् भने भाडा र संस्थागत स्वामित्व भएका क्रमशः ४२५६ र २६० रहेका छन्
कुल घरधुरी
|
स्वामित्वको प्रकास
|
आफ्नै
|
भाडाको
|
संस्थागत
|
अन्य
|
८२७०९
|
७७५१८
|
४२५६
|
२६०
|
६७५
|
खाना पकाउन प्रयोग हुने इन्धन
खाना पकाउन 41 % जनसंख्याले दाउरा प्रयोग गर्छन् भने ५६% जनसंख्याले LPG प्रयोग गर्दछन।प्राय जसो जाडो मौसममा दाउराको प्रयोग बढ्ने गर्दछ ।
कुल
|
खाना पकाउन प्रयोग हुने इन्धन
|
दाउरा
|
LPG
|
विद्युत
|
गुइठा
|
बायो ग्यास
|
मट्टीतेल
|
अन्य
|
८२७०९
|
३४१६८
|
४६५६३
|
५१३
|
३८७
|
९३९
|
३६
|
१०३
|
कुल घरधुरीमध्ये ५१% घरधुरीले अझै पनि ह्याण्डपाइपको पानी पिउने तथ्यांक राष्ट्रिय जनगणना , २०७८ ले देखाउंछ । घरमै खानेपानीको धारा जडान भएको घरधुरी २५४२७ रहेका छन् । घर बाहिरको धाराबाट पानी प्रयोग गर्ने ९८४३ रहेका छन् ।
कुल
|
|
घर भित्रैको धारा
|
घर बाहिरको धारा
|
ह्यान्डपम्प
|
ढाकिएको कुवा
|
नढाकिएको कुवा
|
मूलको पानि
|
खोल्सीको पानी
|
जाल/बोतल
|
अन्य
|
८२७०९
|
२५४२७
|
९८४३
|
४२५९९
|
२८१
|
६३२
|
१६१७
|
१४०
|
१७८१
|
३८९
|
वातावरणीय प्रदुषण उच्च रहेका स्थान हरु
वायु प्रदुषण प्राय उच्च रहने स्थान हरु
- पूर्व-पश्चिम राजमार्ग क्षेत्र
- सुनवल ७ – ज्यामिरे , सुनवल १ – सुनवल
- रामग्राम ६ – पोखरापाली
- रामग्राम १० – नदुवा
- रामग्राम १५- सुक्रौली
- रामग्राम ११- जमुवाड
- रामग्राम १२- पठखौली
- सुस्ता, कुडिया
चित्र : वायु प्रदुषण उच्च देखिएका स्थानहरु
सतही पानी प्रदुषण प्राय उच्च रहने स्थान हरु
- झरही खोला (रामग्राम वडा नं १ क्षेत्र )
- सोमनाथ खोला ( सुनवल-६)
- भलुही खोला ( रामग्राम -१७)
- हकुई पुलचोक क्षेत्र , हकुई पेपर मिल क्षेत्र , तुरिया खोला
- कचहरा खोला ( सुनवल ७)
- हुलासी खोला ( सरावल-३)
ध्वनिको तह प्राय उच्च रहने स्थान हरु
- रामग्राम १० हकुई क्षेत्र
- सुनवल ७ ज्यामिरे क्षेत्र
- रामग्राम ११ रानीपाकड –जमुवाड क्षेत्र
- रामग्राम १२ र १३ पट्खौली-पाडाटिकट क्षेत्र
- रामग्राम ६ पोखरापाली क्षेत्र
- राजमार्ग क्षेत्र
वातावरणीय प्रदुषण रहेका स्थानहरु
- रामग्राम १० हकुई क्षेत्र
- सुनवल ७ ज्यामिरे क्षेत्र
- सुनवल १ सुनवल क्षेत्र
- रामग्राम ११ जमुवाड क्षेत्र
- रामग्राम १२ र १३ पट्खौली-पाडाटिकट क्षेत्र
- रामग्राम ६ पोखरापाली क्षेत्र
- राजमार्ग क्षेत्र
नवलपरासी जिल्लाको वातावरण प्रदुषण हुने कारणहरु
- उद्योगले अत्याधीक मात्रामा भूमिगत पानी दोहन गरेको
- वन जंगलमा जानाजान आगलागी लगाउने बढ्दो प्रवृति
- हिउँदे बाली गहुँको ठेट्नामा आगो लगाउने चलन
- प्रदुषणको प्रकृति र फैलावाट हेरी कारवाही गर्ने स्पस्ट कानुन नभएको
- सरसफाई अभियान समुदायमा हस्तान्तरण हुन नसकेको
- उद्योगीले CSR अन्तर्गत अनिवार्य खर्च गर्नु पर्ने रकम नगरेको
- उद्योगले IEE प्रतिवेदनमा उल्लेखित व्यवस्था परिपालना नगर्दा समेत सम्बन्धित निकायले कारवाहीको दायरामा ल्याउन नसकेको
वातावरण संरक्षणका लागी गर्न सकिने प्रयास हरु
- स्थानीय तह आफैले कानुन बनाएर उद्योगको प्रदुषण नियन्त्रण गर्न दण्ड र जरिवाना गर्न सक्ने
- जिल्ला सदरमुकाम छेउ-छाउनै अत्यधिक प्रदुषण हुने भएकोले गृह प्रशासनले सजिलै अनुगमन गर्न सक्ने
- प्रदुषण परिक्षण र वातावरणीय अध्ययन गर्ने अनुभबी विज्ञहरु जिल्लामै उपलब्ध रहेकोले काठमाडौं धाउन नपर्ने
- कानुनले तोकेको CSR अन्तर्गतको रकम उद्योगले उचित स्थानमा खर्च गर्दा प्रदुषणको प्रभाव समेत कम हुने
- Clean Technology लाई प्रोत्साहन गर्ने स्थानीय तहले कानुन बनाउन सक्ने
नगर स्तरीय प्रदुषण नियन्त्रणका अन्य उपाय
- मुख्य बजार क्षेत्रमा फोहोर पानी प्रसोधन केन्द्र स्थापाना गरी सहरी खोलाको पानी सफा बनाउन सकिने
- खानेपानी सुरक्षाको प्रत्याभूति दिलाउने उपभोक्ता समितिले वितरण गरेको पानीको मासिक रुपमा परिक्षण गर्ने कार्यविधि स्थानीयतहले बनाउन पर्ने
- सुर्तीजन्य पदार्थको खोल जथाभावी फाल्दा जमिन प्रदुषण बढ्दो भएकोले सुर्तीजन्य पदार्थ बेच बिखनमा बन्देज लाउन पर्ने
- खोलामा नदिजन्य पदार्थको उत्खननले निम्त्याउने Local Pollution नियन्त्रण गर्न थप कडाई गर्नु पर्ने
लेखक: सुदिप पौडेल, वातावरणविज्ञ
लुम्बिनी एग्रो इन्भायरोमेन्ट ल्याब प्रा लि , सुनवल -१२ भुमही